ग्लोबल क्यापिटलले साधनाको सेयर बिक्री गर्ने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच ६ लाख ३० हजार कित्ता साधारण सेयर प्रतिकित्ता सय को दरले हुने कुल रकम ६ करोड ३० लाख निष्कासन तथा बिक्री गर्ने सम्झौता भएको छ । बिहीबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेलेएक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारको हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँ जिल्लाको डुम्रेमा रहेको आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई हालै मात्र प्राप्ति (एक्विजिसन) गरेर ‘घ’ वर्गको लघुवित्त संस्थाहरूमा मर्जर÷एक्विजिसन गर्ने पहिलो लघुवित्त वित्तीय संस्थाको रूपमा दर्ज भएको छ ।

प्रतिक्रिया