ऋण माग्दा घुष मागेको आरोप लगाइयोः अध्यक्ष चौलागाँई

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले छोरीको विवाह गर्दा छिमेकी जयानन्द अधिकारीसंग रु एक लाख ऋण मागेको बताएका छन् । गत कार्तिक २५ गतेका दिन राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्र्तगत फिल्ड सहायक पदमा जागिर नदिएको भन्दै शुभकालिका गाउँपालिका– २ का भूपेन्द्र तिमिल्सेनाले ऋण लाई घुष भनी मिडिया बाजी गरेको चौलागाँईले बताएका छन् ।

शुभकालिका गाउँपालिकामा फिल्ड सहायकको पदमा जयानन्द का जुवाईको नाम ननिस्कदा घुष मागेको आरोप लगाएको अध्यक्ष चौलागाँईले बताए । फिल्ड सहायक पदका लागि निष्पक्ष र दक्ष ब्यक्तिलाई छनौट गरेको र राजनितिक खिचातानीबाट कसैलाई पनी उक्त फिल्ड सहायक पदमा नराखेको बताउदै जयानन्द अधिकारीका जुवाई भुपेन्द्र तिमिल्सिनाले केही मिडियाहरुसंग ऋण लाई घुष भनि दिएको तथा ब्यक्तिगत रुपमा आँच आउने कार्य गरेको जनाए ।

उनले भने, ‘मेरो चरित्र हत्या गर्ने,सामाजिक संजालमा गाली ग्लोज गर्ने, फोन बाट धम्की दिने, राती राती फोन गरेर नचाहिने कुरा गर्ने जस्ता अनैतिक कार्यगर्नेहरुलाई तत्काल कार्बाहीको माग गर्ने गर्छु ।’ दशै तिहार नजिकीदै गर्दा छोरीको विवाह हुने भएको हुँदा तत्काल आफुसँग नगद पैसा नभएका कारण उनका ससुरा जयानन्द अधिकारीसँग ऋण मागे केही दिन पछि ऋण पनि फिर्ता दिए ।

तर, उनका आफन्त भूपेन्द्र तिमिल्सिनाको फिल्ड सहायक पदमा नाम ननिस्कदा आफूलाई घुष मागेको आरोप लगाएका छन् । चौलागाँईले भने, ‘निष्पक्ष छानविन होस,व्यक्तिगत रिसानीका कारण मलाई यस्तो आरोप लगाइएको छ , अन्यथा कानून बमोजिम सहँुला, ऋणलाई घुष भनि आरोप लगाउनेलाई सम्वन्धित निकायमा कार्वाहीको माग गर्दछु ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया