कंगना बनिन् जयललिता

एजेन्सी, मुम्बई । बलिउड अभिनेत्री कंगना रनौट पछिल्लो समय तमिलनाडुकी दिवंगत पूर्वमुख्यमन्त्री जयललिताको जीवनीमा निर्माण भइरहेको चलचित्र ‘थलाइवी’ का लागि निकै मिहिनेत गरिरहेकी छन् । यसै साता सिनेमाको टिजर तथा तस्बिरसमेत सार्वजनिक भयो । उक्त टिजर र सार्वजनिक पोस्टरका कारण कंगनाले राम्रो प्रतिक्रिया पाइरहेकी छन् ।

पोस्टर लुकमा अभिनेत्री कंगनालाई चिन्न मुश्किल पर्छ । कसरी भइन त कंगना त्यस्तो ? यसको खुलासा उनले एक अन्तर्वार्तामा गरेकी छन् । उनले उक्त चलचित्रको लागि करिब ६ किलो तौलसमेत बढाएकी छन् । मुम्बईबाट प्रकाशित पत्रिका मिड डेलाई दिएको अन्तर्वार्तामा उनले सो लुकका लागि हार्मोन पिल्स लिएको बताइन् । उनले भनिन्, ‘यो आवश्यक थियो किनकी मलाई वजनदार देखिनु थियो । म अग्ली र पातली छु र अनुहार पनि गोलो छैन । त्यसैले अलिकति फरक देखिन ’हार्मोन पिल्स’ लिनु आवश्यक भयो । यसका साथै तौल बढाउन मैले खाना पनि धेरै खान सुरू गरेँ ।’ हिन्दीमा समेत रिलिज हुने चलचित्रको तमिल नाम ‘थलाइवी’ हुँदा हिन्दीमा भने ‘जया’नामबाट रिलिज हुनेछ । सिनेमालाई ए.एल विजयले निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया