नेपाली टोलीले लर्डस् मैदानमा खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष लर्डस् क्रिकेट मैदानमा मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) फेरि खेल्ने भएको छ । विश्व क्रिकेटकै पुरानो इंग्ल्यान्डको एमसीसी र नेपाली टोलीबीच २०७७ को भदौ ८ गते खेल हुने बताइएको छ । तर, कुन शैलीको खेल हुने भन्ने खुलाइएको छैन ।

लर्डस् क्रिकेट मैदानले सन् २०२० मा हुने खेल तालिकामा नेपाली टोलीसँगको खेललाई पनि समेटिएको छ । यस अघि नेपालले २०१६ जुलाईमा लर्डस्मा एमसीसीसँग एक दिवसीय खेल खेल खेलेको थियो । जसमा नेपाली टोलीले एमसीसीलाई ४१ रनले हराएको थियो ।

एमसीसी टोलीले गत महिना नेपाल भ्रमणमा आएको थियो । दुई हप्ता नेपालमा रहेको एमसीसीले नेपाली यू १९ र सिनियर टोलीसँग एक दिवसीय खेल खेलेको थियो । त्यस्तै एमसीसीले नेपाली सिनियर टोलीसँग प्रथम श्रेणी तीन दिवसीय खेलेको थियो ।

त्यस्तै नेपाली मिश्रित टोलीसँग टि ट्वान्टी खेलेको एमसीसीले पोखरा रंगशालामा पोखरा ११ र मुख्यमन्त्री ११ सँग मैत्रीपूर्ण टि ट्वान्टी क्रिकेट खेलेर फर्किएको थियो । होम अफ क्रिकेट मैदानमा परिचित लर्डस्मा खेल जीवनमा एक पटक खेल्ने अधिकांश क्रिकेट खेलाडीको सपना हुन्छ ।

प्रतिक्रिया