सान्तडामा १५ शैयाको अस्पताल

दैलेख । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं ३ को सान्तडामा १५ शैया अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पताल निर्माण भएपछि भगवतीमाई गाउँपालिकामा कुनै पनि बिरामी अकालमा ज्यान गुमाउनु पर्ने छैन । केही वर्ष अगाडि सञ्चारमा पछाडि रहेको गाउँपालिका स्थानीय सरकार आयसँगै विकासको चरणमा रहेको छ ।  यस गाउँपालिका भित्र पर्ने कुनै व्यक्ति अव स्वास्थ सेवा नपाई मृत्युवरण हुने छैनन् भन्ने उद्देश्यले भगवतिमाई गाउँपालिको सान्तडामा अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय सरकार गठन भएको १ वर्षको अवधिमा गाउँपालिकाका सबै राजनैतिक दल नागरिक समाज र सरोकारवाला निकायसँग समन्वय गरी अस्पताल निर्माणका लागि उपयुक्त स्थान भगवतीमाई गाउँपालिका–३ को सान्तडा छनोट गरेसँगै १५ शैयाको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

सरकारको गाउँपालिकाले तेस्रो गाउँसभाबाट १५ शैयाको अस्पताल निर्माणका लागि ६७ लाख रुपैयाँ बिनियोजन र कर्णाली प्रदेश सरकार आर्थिक तथा योजना मन्त्रालयबाट १ करोड रकम बिनियोजन गरिसकेपछि अस्पतालको कामले पूर्णता पाएको थियो । वडा नं– ४ मा थापा कन्स्ट्रक्सनले १ करोड ५ लाखमा निर्माणको जिम्मा पाएको थियो । आर्थिक वर्ष ०७५/०७६को असार मसान्त सम्म निर्माणको काम सक्नु पर्ने भएपनि निर्माण कार्य नसकिएपछि गाउँपालिकाले पुस मसान्तसम्म निर्माणको म्याद दिएको छ ।

विविध कारणले १५ शैयाको अस्पताल निर्माण समयमै सम्पन्न गर्न नसकेको कुरा बताउँदै पसु मसान्तसम्म सबै काम सम्पन्न गर्ने गरी काम भइरहेको, निर्माणको जिम्मा लिएको थापा कन्ट्रसनका सञ्चालक सुरेन्द्र थापाले बताए । भगवतीमाई गाउँपालिका स्थानीयको स्वास्थ्यलाई ख्याल राखी दैलेख क्षेत्र नं १ (क)का प्रदेश सभा सदस्य धर्मराज रेग्मीलगायत वडा नं– ३ का स्थानीयहरूले १५ रोपनी निशुल्क जग्गा दान गरेका छन् जस मध्ये ५ रोपनी जग्गा प्रदेश सभा सदस्य रेग्मी को रहेको छ ।

उनीहरूले अस्पताललाई दिएको जग्गा पास गर्दा समेत लागेको रकम आफँै ब्यहोरेर उदारणिय काम गरेको र पालिकास्तरीय अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको र अब उक्त क्षेत्रमा हेलिप्याड बनाउँनको लागिसमेत आठ लाख विनियोजित भइसकेकोले छ । यो आर्थिक वर्षमा नै हेलिप्याडको समेत निर्माण हुने रेग्मीले बताएका छन् । उनकाअनुसार अब भगवतिमाई गाउँपालिकामा कोही विरामी भए पालिकाको अस्पतालमा उपचार हुने छ यदि थप उपचारका लागि बाहिर लिनु पर्ने भएमा अस्पताल नजिकै हेलिकप्टर आएर विरामीलाई लिएर जानेछ ।

यता गाउँपालिकाले भने अस्पताल निर्माण गरेसँगै गाउँपालिकाले विशेषज्ञ डाक्टर सहितको सेवा दिने जनाएको छ । भगवतीमाई गाउँपालिका तथा आफ्ना नागरिकहरूलाई सेवा दिन चासो दिएर अस्पताल निर्माण गरे पनि जिल्लामै डाक्टरको अभाव रहेको बेला स्थानीय तहका लागि गाउँपालिकाले विशेष पहल गर्नुपर्ने स्थानीय बताउँछन् । दैलेख जिल्लाका ११ स्थानीय तहमध्ये नारायण नगरपालिकामा रहेको १५ शैयाको जिल्ला अस्पताललाई ५० शैयाको बनाउने दुल्लू नगरपालिकमा रहेको दुल्लु अस्पताललाई ५० शैयाको बनाउँने तयारी भइरहेको छ । ,ठाटिकाँध र नौमुले गाउँपालिमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई पनि १५ शैयाको अस्पताल बनाउने तयारीसमेत गरिएको छ ।

प्रतिक्रिया