विराटनगरमा महिन्द्रा ट्र्याक्टरको सोरुम

विराटनगर । अग्नि ग्रुपले हालै विराटनगरको बरगाछीमा महिन्द्रा ट्र्याक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधा सम्पन्न आधिकारिक सोरुम हो ।

नयाँ स्थापना गरिएको ट्र्याक्टर सोरुम तथा वर्कशपको अग्नि इंकका निर्देशक क्याबिनेट श्रेष्ठले नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एन्ड महिन्द्राको अन्तर्राष्ट्रिय कार्य सञ्चालन तर्फकी वरिष्ठ बजार व्यवस्थापक आकांक्षा वंशलका साथै अग्नि इंकको ट्र्याक्टर विभागका नायव महाप्रबन्धक प्रभासमान शाक्य र शाखा प्रबन्धक विजय किशोर देवको संयुक्त उपस्थितिमा आज बुधबार उद्घाटन गरे ।

प्रतिक्रिया