अर्घाखाँचीमा बस दुर्घटना, १० जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा बुधबार भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो टनामा १५ जना भन्दा बढी घाइते भएका छन् । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया