शुभकालिकामा नेकपाको आमसभा सम्पन्न

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका ७, ८ मा नेकपाको पार्टी कार्यालय उद्घाटन सँगै बृहत आमसभा कार्यक्रम सम्पन्न भएको छ । नेकपा शुभकालिका गाउँपालिका– ७ का अध्यक्ष मिम बहादुर शाहीको अध्यक्षता, प्रतिनिधीसभा सदस्य दुर्गावहादुर रावतको प्रमुख आतिथ्यता, कर्णाली प्रदेश सदस्य कुर्मराज शाही र शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँइको विशेष आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रतिनिधी सभासदस्य माननिय दुगावहादुर रावतले कम्युनिष्ट सरकार अन्य देशका सरकार भन्दा फरक र कर्मयोग्य रहेको बताउँदै नेपालका अन्य दलहरु भन्दा नेकपा सवैभन्दा शक्तिशाली पार्टी रहेको बताए । नेकपा हालसम्म गरेका काम क्रियाकलापहरु,बिकासीय योजनाहरु सफल र दिगो टिकाउ रहेको बताए ।

यस्तै कर्णाली प्रदेश सदस्य एवं कालीकोट निर्वाचन क्षेत्र (क) बाट निर्वाचित कुर्मराज शाहीले विगत लामो समयदेखि ओझेलमा परेको सेरी पान्तडी सडक जस्ले ज भने पनी आफनो कार्यकाल सम्पन्न गर्ने भन्दै यस सडकबाट सवै जना नागरिकहरु लाभान्वीत हुने र दिगो टिकाउ गर्ने गरेर काम गर्ने बताए । साथै शाहीले शाहीले कुनै पनि काम गर्नको लागि बजेटको अपुगता हुन नदिने भन्दै सवैलाई सकारत्मक सोचको विकासमा लाग्न आग्रह समेत गरे ।

शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँँईले विकासिय योजनाहरु दिगो टिकाउ गर्नलागि परेपनी स्थानियको खिचातानीका कारण काम राम्रो हुन नसकेको बताउँदै अव आगमी दिनमा शुभकालिका बासीहरुको साथ सहयोग पाए विकासिय योजनाहरु दिगो टिकाउ र सवैको सोचे भन्दा बढि विकास गर्ने बताएक् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया