विभिन्न १८ वटा बैंकबाट १९ लाख बढी चोरी गर्ने ६ जना पक्राउ

काठमाडौँ । राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौँ प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौँ रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।

हरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका सबै नेपाली नागरिक छन् । उनीहरुलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।

रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । उक्त घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको भेटिएको छ ।

प्रतिक्रिया