‘प्रेम विवाह गर्दा छोरा मारियो’

मृतक : अजित मिजार

काभ्रे । अजित मिजारको शव प्रहरीले नै गाडिदिएको तीन बर्ष बितेको छ । मिजारका परिवारले आफ्नो छोराको मृत शरिरको उत्खनन् गरि न्याय पाएपछि मात्रै दाहसंस्कार गर्ने परिवारको चाहाना अझै पूरा हुन सकेको छैन । उनको शव अझै टिचिङ अस्पताल काठमाडौंमा छ । ०७३ साउन १ गते बेलुका आफ्नो छोरो झुण्डिएको अवस्थामा फेला परेको भन्दै सूचना आएपछि बेलुका नै पुगेका आजितका बुबा हरिभक्त मिजारले ०७३ साउन २ गते नै आफ्नो कान्छो छोरा आजितको हत्या गरेको भन्दै केटी पक्षका तीनजनालाई किटानी जाहेरी धादिङ स्थित गजुरी स्थित ईलाका प्रहरी कार्यालयमा दर्ता गरेका थिए ।

यस्तो थियो घटना
पाँचखाल नगरपालिका ७ होक्से घर भएका १८ बर्षिय आजित मिजार ०७३ सालको एसईई परिक्षामा सर्वमंगला माविबाट उर्तिण भएको थिए । अजित र उनकी प्रेमी (नाम परिवर्तन) अञ्जना पराजुली एउटै कक्षामा पढेका थिए । त्यस दिन प्रमाणपत्र लिन भनि असार २५ गते विद्यालयमा भेटिन्छन् । आपसी सहमतीमा नै उनीहरु मन्दिरमा गएर २६ गते भगाएर आजितले प्रमीकालाई घरमै ल्याएपछि बुवा आमाले केही भनेनन् । तर ०७३ असार २८ गते केटी पक्षका दाजु दिदी र बुवाले उनीहरुलाई प्रहरीमा बोलाएर उमेरै नपुगेको भन्दै छुटाईदिन्छन् । पाँचखालमा त्यतिबेलै दलित परिवारको ले हाम्रो चेली माथी गिद्धे नजर लगाउँछस् तलाई गायब बनाईदिन्छम भनेर प्रहरी चौकीमै केटी पक्षका दिदीले भनेको आजितका बुबा बताउँछन् ।

धादिङ गजुरीका तत्कालिन ईन्चार्च प्रहरी निरीक्षक प्रकाश जयबुले जयबुले आफू छोराको शव बुझ्न आएको भन्दा हामीले शवलाई गाडी दिएका छौँ यसरी झुण्डिएको अवस्थामा थिए भन्दै फोटो देखाएका थिए । अब आँफै खोतल्नुस् भनेपछि मैले आफ्नो छोरा नै होकि होइन भन्ने एकिन गर्न नै २ हजार खर्च गर्न लगाएर जेसिबीले छोराको शव उतारेको थिए । छोरा असार २९ गते २ बजे सम्म घरमै थियो त्यसपछि ऊ हराएको हो मैले उसको साथीकोमा पनि बुझे दाई पोखरा घुम्न गएको भनेपछि हामी ढुक्क थियौँ । अहिले उच्च अदालत पाटनमा हामीले मुद्धा दर्ता गरायौँ तर त्यसबेला पनि कति न्यायधिसहरुले यसमा केही गर्न नसक्ने र ठूलो जातलाई छाएको भन्दै आफू पनि पटक पटक दुव्यवहारमा पर्ने गरेको बताए । अझै केही हुन सकेको छैन । अब हामीलाई न्याय कसले दिने ? आज दोषीहरु खुलेआम घुमिरहेका छन् । यो देशको कुन न्याय हो ? यस्तै बिलौना सुनाउँदै थिए मंगलबार बनेपाको संयुक्त राजनीतिक दलित संघर्ष समिति नेपालले गरेको कार्यक्रममा आजितका बुवा ।

कार्यक्रममा अर्का पीडितको पनि उस्तै बिलौना थियो । ०७३ मंसिर २४ गते कोशिपारी सानो बाङथली घर भएकी लक्ष्मी परियारलाई बोक्सी भन्दै एक शिक्षकले मानव मलमुत्र खुवाएर हत्या गरिएको थियो । उनका भाई लोक बहादुर परियार आफ्नो पीडा सुनाउँदै भन्छन् । – घटना सुन्दै आलो घाऊ सम्झन्छु , जिल्ला अदातल काभ्रेले कुनै पनि दोषी उपर फैसला सुनाएन भवितव्य भनि फैसला सुनायो हामी त्यस पछि पुनरावेदनमा पनि गयौ असार २०७६ साल असोज २९ गते हिरा लामा र काइली तामाङलाई ४÷४ बर्ष सँजाय सुनाएको छ तर पीडक खुलेआम बाहिर हिाँडी रहेका छन् घटनामा मेरा भिनाजु दोषी छैनन् भन्दिन तर उनले घटना भएको टुलुटुलु हरेर दोषीलाई सहयोग गरेको भने पक्कै हो । यो देशमा न्याय छ भने हामीले त्यो कहिले पाउने ? पैसा र पावरको भरमा यसरी न्यायमा विचलन हुन्छ भने हाम्रो समुदाय माथीको ज्यदती झनै दर्दनाक अवस्थातिर धकेलिने निश्चीत छ ।


कार्यक्रममा वर्तमान परिस्थितीमा संयुक्त दलित आन्दोलनको आवश्यकता बिषयक अन्तक्रियाले एउटा निश्कर्ष निकालेको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति नेपालमा आबद्ध घटक ९ संगठनहरुले १८ बुँदे सहमती पत्र जारी गरेको छ । जसमा दलित आन्दोलनलाई निरन्तरता दिने, राजनीतिक स्वतन्त्रताको विरुद्धमा राज्यद्वारा लादिएको राजनीतिक हकमाथीको प्रतिबन्द बिरुद्ध उत्रने, सबै क्षेत्रमा आफ्नो समुदायको समानुपातिक सहभागिता नभएसम्म संघर्ष गरिरहने, भुमीहिन दलितलाई बाँच्न पुग्ने गरि जमिन उपलब्ध गराउने, राज्यले आफ्नो समुदाय माथी गरिरहेको ज्यादती विरुद्ध अन्तराष्ट्रियस्तर सम्म लैजाने दलित समुदायमाथीका घटनाहरुलाई नेपालको संविधान ०७२ अन्र्तगत मौलीक हक र कर्तव्यको धारा ४० मा व्यवस्था भए अनुसारको दलित हकको प्रावधानलाई यथासिध्र कानुन् बनाई लागु गर्न दवाव दिने, २० प्रतिशत बजेट दलित समुदायको आर्थिक बिकासमा केन्द्रित गर्न लगायतको सहमती सहितको आन्दोलन तय भएको बताइएको छ ।

कार्यक्रममा जात व्यवस्था उन्मुलन मोर्चा नेपालका संयोजक राजकुमार हिङमाङ, दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बर बहादुर विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष अमर परियार, राष्ट्रिय दलित मोर्चाका अध्यक्ष श्याम परियार, नेपाल राष्ट्रिय दलित मुत्ति, मोर्चाका प्रतिनिधी, धर्मराज परियार, विभेदमुक्ति प्रगतिशिल समाजका अध्यक्ष यम बहादुर विश्वकर्मा,समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष खिम बहादुर विश्वकर्मा, संयुक्त दलित अधिकार मञ्च नेपालका अध्यक्ष लक्ष्मण बर्देवा,नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छटुन्जेल लगायतले कार्यक्रममा बहस सहितको अन्र्तक्रिया गरेका थिए ।

प्रतिक्रिया