लैंगिक हिंसा विरुद्धकोे अभियान सुरु

सिरहा । सदरमुकाम सिरहाबाट विभिन्न सक्रिय संस्थाको अगुवाइमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विधिवत रूपमा सुरुआत गरिएको छ । समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता, मूलनाराका साथ २८औँ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको अवसरमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरी शुभारम्भ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाको प्रांगणबाट सदरमुकाम परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । २५ नोभेम्बरदेखि सुरू भएको कार्यक्रम १० डिसेम्बरसम्म विभिन्न कार्यक्रम गरी १६ दिनसम्म चल्ने समग्र जनउत्थान केन्द्र लहान सहज परियोजना सिरहाका कार्यक्रम अधिकृत रामभरोषी महतोले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सिरहा नगरपालिकाका नगरप्रमुख असेस्वरप्रसाद यादव जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बल नेपाल नम्बर सात गण हेडक्वार्टर सिरहका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रविण कँडेल, प्रमुख जिल्ला न्यायाधिवक्ता एकराज अधिकारी, महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य श्यामकुमारी साह र जिल्ला अध्यक्ष जिबछि यादव, भिएसओ नेपालका लैंगिक हिंसा विषयविज्ञ सुनील कुमार साह, महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल) परियोजना कार्यालय सिराहकी संयोजक ज्योति तिवारी, महिला अधिकारकर्मी देवकुमारी महरालगायत विभिन्न किशोरी समूह, किशोर समूह र महिला समूहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया