आइएमई जनरलले खेलाडीको दुर्घटना बीमा गर्ने

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दक्षिण एसियाली खेलकुद(साग)–२०७६ को विभिन्न खेलहरूमा सहभागि हुने खेलाडीको प्रतिव्यक्ति ५ लाखका दरले सामूहिक दुर्घटना बीमा गर्ने भएको छ । इन्स्योरेन्सले उक्त खेलकुद कार्यक्रममा सहभागि हुने वैदेशिक खेलकर्मी तथा अन्य वैदेशिक पदाधिकारीहरूको उक्त रकम बराबरको सामूहिक दुर्घटना बीमा गराउन लागेको हो ।

सो सम्बन्धी सोमबार राष्ट्रिय खेलकुद परिषद र आइएमई जनरल इन्स्योरेन्सबीच सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३औं दक्षिण एसियाली खेलकुद २०७३ को मूल आयोजक समितिको तर्फबाट सदस्य सचिव रमेश सिलवाल र आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । साथै, उक्त सम्झौता अनुसार खेलकुद आयोजनाको समयावधी अर्थात मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्मको लागि यस इन्स्योरेन्सलाई आधिकारिक बीमा प्रायोजकको रुपमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया