लोक तथा दोहोरी प्रतिष्ठानमा रमेश बिजी विजयी

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ७औँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा गीतकार रमेश बिजी विजयी भएका छन् । उनले अध्यक्षका अर्का प्रत्यासी गायक विष्णु खत्रीलाई पराजित गर्दै विजयी भएका हुन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार बिजीले ५८४ मत ल्याउँदै विजय हासिल गरेका हुन् भने खत्रीले ५४५ मत प्राप्त गरेका थिए । त्यस्तै तारापति सुवेदीलाई पराजित गर्दै राजु ढकाल प्रतिष्ठानको कोषध्यक्षमा निर्वाचित भएका छन् । ढकालले ७३५ र सुवेदीले ३७२ मत प्राप्त गरेका थिए । ६ गते पोखरामा सुरु भएर ८ गते सम्पन्न भएको महाधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी गुरुङले गरेका थिए ।

त्यस्तै अत्याधिक मत प्राप्त गरेर बिजय हुनेहरुमा सह कोषध्यक्षमा ईश्वरीप्रसाद भुसाल ६८०, प्रशासनिक सचिवमा कृष्ण रेउलेले ८४६ पात प्राप्त गरेर बिजयी भएका छन् । सचिव खुलामा जीवन दाहाल ७८०, रमेशराज भट्टराई ७३३, कुलेन्द्र विश्वकर्मा ६७७, हरि डाँगी ६२६, प्रचण्ड जिसी ६०६, वसन्त थापा ५९० र पुष्कल शर्मा ५७३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यसैगरी महिला केन्द्रिय सदस्यमा सम्झना लामिछाने मगर ९१२, जानकी तारमी मगर ८६६, अञ्जली अधिकारी ८१०, जुना श्रीष मगर ७७९८, अमृता लुंगेली मगर ७६१, सरला पाण्डे ७३६ र सीता राना ६३२ मत प्राप्त गरेर विजयी भएका छन् ।

खुला केन्द्रीय सदस्यमा देवी घर्ती १०१४, पीएन सापकोटा ८७१, प्रकाश सपुत ७८५, पुरुषोत्तम भण्डारी ७७९, प्रकाश भट्ट ७५४, याम क्षेत्री ७३१, विमल अधिकारी ७२३, महेन्द्र गौतम ६९९, दीपक गरौजा मगर ६३०, सागर गुरुङ ५६६, विक्रम थापा ५२८ र युवराज मगर ५२५ मतले बिजय भएका छन् भने उपत्यका समन्वय समितिको भुगोल कोटाबाट केन्द्रिय सदस्यमा राजकुमार रायमाझी, नविन धामी र तारानाथ आचार्य पनि विजयी भएका छन् । त्यस्तै केन्द्रिय सदस्य विदेश शाखाबाट दुर्गा पंगेनी ५५८ र अर्का रामकृष्ण बम मल्लले पनि ७६७ मत प्राप्त गरेर बिजयी भए ।

यसभन्दा अघि गायिका रिता थापा वरिष्ठ उपाध्यक्षमा, गायक पशुपती शर्मा प्रथम उपाध्यक्षमा, गायक रामजी खाँण द्धितीय उपाध्यक्षमा, गायिका राधिका हमाल महिला उपाध्यक्षमा, गायक दिपक खड्का तृतीय उपाध्यक्षमा, सुवास केसी महासचिवमा, निर्देशक शंकर बिसी उपमहासचिवमा, गायक एवं सर्जक शिव हमाल उपमहासचिवमा, गायक खुमन अधिकारी सांगठानिक सचिवमा, गायिका जमुना राना महिला सचिवमा र गायिका पूर्णकला बिसी सहकोषाध्यक्षमा निर्विरोध चयन भएका छन् । बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा नव निर्वाचित अध्यक्ष बिजिले सबै कलाकारहरुको हक हित र प्रतिष्ठानको गरिमालाई सशक्त ढंगले अघि बढाउने बिचार ब्यक्त गरेका छन् ।

 

प्रतिक्रिया