अर्थबजार

चार अर्ब ८१ करोडको टे«जरी बिल बिक्री हुँदै

सौर्य अनलाइन २०७६ मंसिर ८ गते १९:०२ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार चार अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको जनाएको हो । बैंकले दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको टे«जरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ ।

यस्तै १८२ दिने अवधिका लागि दुई अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ । यस्तै ३६४ दिने अवधिका लागि रु ११ करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर २ गते पनि पनि टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय