प्रतिष्ठानमा यी कलाकारहरु भए निर्विरोध चयन

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ७ औँ केन्द्रिय महाधिवेशन आइतबार तेस्रो दिन पनि पाेखरामा मतदान जारी छ । गत ६ गतेदेखि सुरु भएको चुनावमा केही कलाकारहरु निर्विरोध चयन भएका छन् ।

चयन हुनेहरुमा गायिका रिता थापा वरिष्ठ उपाध्यक्षमा, गायक पशुपती शर्मा प्रथम उपाध्यक्षमा, गायक रामजी खाँण द्धितीय उपाध्यक्षमा, गायिका राधिका हमाल महिला उपाध्यक्षमा, गायक दिपक खड्का तृतीय उपाध्यक्षमा, सुवास केसी महासचिवमा, निर्देशक शंकर बिसी उपमहासचिवमा, गायक एवं सर्जक शिव हमाल उपमहासचिवमा, गायक खुमन अधिकारी सांगठानिक सचिवमा, गायिका जमुना राना महिला सचिवमा र गायिका पूर्णकला बिसी सहकोषाध्यक्षमा चयन भएका छन् ।

उक्त अधिवेशन आजै सम्पन्न हुनेछ । अध्यक्ष पदमा भने सर्जक रमेश बिजी र गायक बिष्णु खत्रीले प्रतिष्पर्धा गरेका छन् । उनीहरुमा कसले बाजी मार्ने हो आज साँझसम्म जानकारी हुनेछ । खत्री र बिजी सँगै अन्य कलाकारहरुको पनि विभिन्न पदमा उमेदवारी दिएकोमा कुनले कुन स्थान प्राप्त गर्ने भन्ने बेलुकासम्म थाहा हुनेछ ।

छैठौँ अधिवेशनबाट गायक बद्री पंगेनीले अध्यक्ष सम्हाल्दै आएका थिए । आजबाट उनले अध्यक्षबाट बिश्राम लिनेछन् भने प्रतिष्ठानले नयाँ नेतृत्व पाउनेछ । पंगेनीको कार्यकालमा प्रतिष्ठानको केन्द्रिय भवन खडा भएको छ ।

प्रतिक्रिया