रारामा लोप हुँदै बन्यजन्तु

मुगु । छायाँनाथ रारा नगरपालिका–९ का ४४ वर्षीय धनसिंह रोकायाले निकुञ्जमा बन्यजन्तु नदेखेको धेरै वर्ष हुन थालेको छ । पहिले गाउँ वरपर प्रयाप्त मात्रमा देखा पर्ने बन्यजन्तु अचेल फाट्टफुट्ट देखिन थालेपछि रोकाया छक्क परेका छन् । दाउरा टिप्न, भकारी बनाउन, निगालो खोज्न, निकुञ्ज क्षेत्रको जंगल भित्र पस्दा बदेल, स्याल केही चिरबिरे चराहरू फाटफुट देखा परेपनि धेरै मात्रमा बन्यजन्तु देखिन छाडेको रोकायाले सुनाए ।

द्वन्द्वकालदेखि यता राराका बन्यजन्तु लोपहुँदै गएको उनको भनाइ छ । बाँदर र गुनाका बथान, बदेल, मृग, कस्तुरी, हिमाली चितुवा बाघ, घोरल, झारल, रतुवालगायत प्रजातिका बन्यजन्तु रारा राष्ट्रिय निकुञ्जमा लोपहुँदै गएका छन् । बाक्लो बथान गरेर हिडने गुना र बाँदर पनि निकुञ्जमा कहिले काँही मात्र देखिने थालेका छन् । दश वर्षअघिसम्म पुस– माघमा बाक्लो हिमपात हुँदा मुर्मा, झयारी, माथितुम, निगालबोट, खमाले गाउँका स्थानीयको भेडीगोठमा ओत लाग्न जाने बन्यजन्तुहरू अचेल जति धेरै हिउँ परेपनि नआउने गरेको मुर्मा गाउँका स्थानीयको भनाइ छ ।

निकुञ्ज क्षेत्रमा सीमित बन्यजन्तु मात्र नभएर डाँफे, कालिज, च्याँखुरा, तिथ्रा, ढुकुर, जस्ता हिमाली रैथाने चराहरू पनि प्राय फाट्टफुट्ट देखिन थालेका छन् । एक दशक अघिसम्म जताततै देखिने च्याखुरा कालिज हिजोआज भेटाउन मुस्किल हुन थालेको छ । कालिज फाट्टफुट्ट देखा परेपनि च्याँखुरा र डाँफे त प्रायः लोप नै भएको पाइएको छ ।

मुर्माकोट, माथिल्लो मिलीचौर क्षेत्र, चुचुमारे, मालिकालेक रुमखोला, जेउडे लगायत धना जंगल क्षेत्रमा पनि बन्यजन्तु देखिन छोडेको मुर्मा गाउँका बिर्ख रोकायाले बताए । नेपालको ७ वटा राष्ट्रिय निकुञ्जमध्ये रारा राष्ट्रिय निकुञ्ज हिमाली क्षेत्रमा पर्ने र उक्त स्थानमा बन्यजन्तु चराचुरुंगी प्रसस्त मात्र हुनु पर्नेमा झन् संकटमा पर्दै गएका छन् । २०२० साल देखि नै रारामा क्रमिक रूपले बन्यजन्तु चराहरू घट्दै गएको राराका एडी शाहले बताए ।

वन्यजन्तु चराहरू मात्र नभएर तालमा रहेका असला माछाहरूको संरक्षणमा ध्यान नदिएर पछि लोप हुन सक्ने उनको भनाई छ । रारा निकुञ्जमा किन कसरी बन्यजन्तु संकटमा परे भन्ने बारेमा अहिलेसम्म कसैले अध्यायन गरेको देखिँदैन । निकुञ्ज क्षेत्रमा मानवीय चहपहल, चोरी शिकारी, स्थानीयको चौपाय वस्तुको चरिचरन छाडा कुकुर, आगलागी, निकुञ्ज भित्र बेला बखत हेलिकप्टर उडान र अबतरण जस्ता विविध कारणले गर्दा बन्यजन्तु संकटमा पर्न गएको बुझिएको छ ।

एकिन यति नै छन् भन्न नसकिए पनि भालु बँदेल र रेडपाण्डा केही मात्रमा छन् रारा निकुञ्ज मध्यवर्ती विकास क्षेत्रका अध्यक्ष बलराम शाहनीले भने पछिल्लो समयमा बन्यजन्तु चराको संख्या घट्दो अवस्था छ । घुच्चीलेकबाट जहाज विमानस्थलमा अवतरण गर्ने र फर्किंदा रारा तालमाथि बाटो प्रयोग गर्दा ध्वनिले बन्यजन्तुलाई असर पुगेको छ ।

तलितुम, माथितुम, पिना, झयारी, मुर्मा, हेन्नीकाँध, सायाखोला, कार्कीबाडा, टोप्ला लगायत गाउँलेको चौपाया वस्तुको चरिचरन पनि निकुञ्जको मध्यवती क्षेत्र भित्रै भएको बन्यजन्तुको बासस्थानदेखि चरिचरन संकटमा परेको छ ।  निकुञ्जभित्र एकातिर आहाराको अभाव र अर्कोतिर मध्यवर्ती बस्ती भित्रका स्थानीयले लुकीचोरी राति बल्छी सरिओल पासो थापेर मारेर खान थालेपछि माछा घट्दै गएका छन् ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालयमा बन्यजन्तु चोरी शिकारीका मुद्दा अत्यन्तै न्यून देखिएका छन् । २०७३ सालमा एक जनालाई चोरी शिकार गरेवापत मुद्दा दर्ता भए पनि अभियुक्त फरार रहँदा कानुनी कारबाही हुन सकेको निकुञ्जको कार्यालयले जनाएको छ ।

निकुञ्जमा चोरी शिकारीका मुद्दा छैनन् निमित्त कार्यालय प्रमुख सरोज खड्काले भने हिमाली कालो भालु रेडपाण्डको संख्या बृद्धि भएको छ । बन्यजन्तु पंक्षी लोप हुने अवस्था नभएको पछिल्लो समयमा निकुञ्जले चरिचरन चोरी शिकारी जस्ता कार्यमा कडाई गरेपछि बन्यजन्तुको संख्या बढेको खड्काको दाबी छ ।

करिब एक सय ६ वर्ग मिटरमा फौलिएको निकुञ्जको सुरक्षाको निम्ति हुटुमा नेपाली सेनाको ब्यारेक र लामाचौर, सल्लेरी, निगालबोट, घुच्चीडाक सेनाको पोष्ट स्थापना गरी करिब तीन सय भन्दा बढी सेना खटाइएको छ ।

प्रतिक्रिया