छोरा पाउने आसमा ११ सन्तान

कालीकोट । छोरा नभए अपुतो भन्ने समाजलाई जोगाउन ११ चोटी सुत्केरी भइन् जमरा रोकाया । ३ सन्तानको सानैमा निधन भयो । अझै छोरा जन्मिएन शुभकालिका गाउँपालिका– ३ की जमरा रोकायाले भावुक हँुदै सुनाइन् । छोरा पाउने आसमा ११ चोटी सुत्केरी हुँदा पनी छोरा नजन्मिदा रोकाया समाजबाट अपहेलीत भएकी हुन् । अहिले जमराको १ छोरा जन्मियो अनी समाजले सफल महिला ठान्यो । जमराकी आठ छोरी छन् ।

छोरीहरुको विवाह भएर पनी रोकायाले नाति, पलाती देखी सकिन् । अंश खाने छोरा नै चाहिन्छ भन्ने सोच भएको समाजले गर्दा धेरै दुख पाएको कुरा उनले सुनाइन् । छोरा नहुँदा श्रीमानले रातदिनै जाँड रक्सी खाने र आएर थर्काउने, तेरै कमजोरी हो भन्ने हुँदा घरमा दैनिक जसो झगडा हुन्थ्यो । झगडाले गर्दा रोकायाको मन पिरोली रहन्थ्यो । उनले भनिन्, आठ छोरी, श्रीमान, सानो छोरा सवैलाई हुर्काउन पढाउन साह्रै अप्ठ्यारो भएको छ ।

उनका श्रीमान हाल भारतमा रोजगारीको लागि गएका छन् । एक छोरा जन्मिएर उनका श्रीमान छोराको पढाइ खर्च जुटाउन भारत तिर गएको कुरा उनले सुनाईन् । १५ वर्षको उमेरमा जमराको विहे भएको हो । ओडारमा गाउन जाने, गोठ बस्ने पुरानो चलन भएको हुँदा आफुले आफ्नो श्रीमानसँग भागेर विवाह गरेको बताईन् । जमरा अहिले ४४ वर्षकी भईन् । ४४ वर्षको उमेरमा १२ सन्तान की आमा बनी सकेकी छन् ।

उनको स्वास्थ्य अवस्थामा कमजोरपन आएको देखिन्छ् । उनले भनिन्, ‘गाउँघरमा रातदिन नभनी काम गर्नु पर्ने, खानपिनमा राम्रो नहुने सासु ससुराको बोलीले मन चरक्क हुन्थ्यो, कामको चापले गर्दा सन्तानको राम्रो हेरविचार गर्न पनी सकेन अहिले न बालवालिकाको पडाइ राम्रो छ, न त स्वास्थ्य अवस्थामा नै धेरै सन्तान जन्माएँ, भविष्यमा दुख कष्टको ओइरो लाग्ने भन्दै पढाउन लेखाउन गाह्रो भयो ।’

गरिव परिवारमा जन्मिएकी रोकायाको घर तेती सम्पन्नशाली हैन । प्रत्येक साल भारत नगई घरपरिवारलाई पाल्न धौ धौ पर्छ । उनले भनिन्, ‘स्थानिय सरकार आएपछी केही राहत मिल्ला सोचेको झन बर्जपात नै आए जस्तो भएको छ ।’ ९ सन्तानलाई पाल्न,स्याहार सुसार गर्न, कपीकलम समेत किन्न हम्य हम्य भएको भन्दै खेतीपाती गरेरै सवैलाई हेरीरहेको उनले बताइन् ।

प्रतिक्रिया