सुनेको भन्दा देखेको कर्णाली उत्तम – श्याम श्रेष्ठ

कालीकोट । बातावरण हरियाली हुनु म जिउनु हो, मलाई सुख्खा मरुभुमी भन्दा सास प्यारो छ, सास भन्दा बातावरण भन्दै टिडिएच जर्मनका नेपाल संयोजक श्यामकृष्ण श्रेष्ठले अरुले भनेको कर्णाली र मैले देखेको कर्णाली उत्तम रहेको बताएका छन् । सामुदायिक रेडियो चंखेलीको चंखेली संवाद कार्यक्रममा श्रेष्ठले कर्णाली सोचे भन्दा देखेको फरक छ, भन्दै उनले भने ‘विगत देखी नै विकट मानिदै आएका साविक कर्णाली अंचलका जिल्लाहरुमा सडक संजालले नछोएको, भिरपाखाको बाटो, अशिक्षीत समाज, नराम्रा बस्ती छन, भनेर आफ्ना समकक्षीहरुले भन्दा कर्णालीमा जान मन थिएन । तर विकटता संग खेल्ने आफ्नो सपना रहेको भन्दै श्रेष्ठ कर्णाली प्रदेशका जिल्लाहरु घुम्न आए ।’

लामो समयदेखी जलवायु पविर्तन, बातावरण संरक्षण गर्न, जैविक विविधताको संरक्षण लगाएतका विषयमा महत्वपुर्ण योगदान पु¥याएका श्रेष्ठ टिडिएच जर्मनका नेपाल संयोजकको पदमा कार्यकरत छन् । मानव अधिकार तथा बातावरण विकास केन्द्र(हूरुन्डेक) नेपाल कालीकोटले विगत लामो समय देखि समाज रुपान्तरणका क्षेत्रमा कार्य गदै आइरहेको छ ।

टिडिएच बिएम जेट जर्मनको आर्थिक सहयोगमा हिमाली क्षेत्रहरुका श्रोतहरुको दिगो सदुपयोग कार्यक्रम अन्र्तगत लागु भएका विविन्न योजनाहरुको अनुगमन गर्न श्रेष्ठ कालीकोट आइपुगे । कालीकोटको शुभकालिका गाउँपालिका र खाँडाचक्र नगरपालिकाका विविन्न वडाहरुमा संचालन भएका बृक्षारोपण, नर्सरी उद्योग, सतुवा खेती, अल्लो प्रशोधन , पानी घट्ट, मिल संचालनमा हूरुन्डेक नेपाल कालीकोटले आर्थिक सहयोग तथा सहजिकरण गरेको कुरा बताउदै हूरुन्डेकलाई सहयोग गर्ने टिडिएच विएमजेट जर्मनले सहयोग गरेको सुनाउदै संचालनमा रहेका योजनाहरुको अनुगमन गरिएको श्रेष्ठले बताए ।

मानव अधिकार तथा बातावरण विकास केन्द्र हूरुन्डेक नेपाल कालीकोटले बातावरण संरक्षण,विकासिय योजनाहरु, झोलुंगेपुल निर्माण , वडा स्तरमा वाल क्लव, युवाक्लव गठन गरी समाजमा हुने गरेका कुरीती कुसंस्कारको अन्त्य गर्न विगत देखी नै लागि परेको हूरुन्डेक नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीले बताए । शाहीका अनुसार कालीकोटको विकासका लागि आफु र आफ्नो संस्थाबाट हुने सम्पुर्ण सहयोग गर्ने बताएका छन्

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया