धमला एसियाली तेक्वान्दोमा निर्वाचित

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला एसियाली आईटीएफ तेक्वान्दो महासंघको साधारण सभाबाट सदस्यमा निर्वाचित भएका छन् ।

नोभेम्बर १९ देखि २५ तारिखसम्म चीनको बेइजिङमा भएको साधारणसभामा ४५ राष्ट्रको सहभागिता रहेको धमलाले जनाएका छन् । धमला यसअघि दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका उपाध्यक्ष थिए ।

प्रतिक्रिया