वरिष्ठ पत्रकार गुरुवाचार्यको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार विनय गुरुवाचार्यको आज बिहान निधन भएको छ । लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको थापाथलीस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनले अन्तर्राष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस (एपी) को काठमाडौँस्थित प्रतिनिधिको रुपमा ३८ वर्ष काम गरेका थिए । उनले जापानको ‘माइनिची सिम्बुन’ दैनिक पत्रिकामासमेत नेपालस्थित प्रतिनिधि बनेर काम गरेका थिए। उनले नेपालबाट हिमाललाई विश्व समुदायमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएका थिए । उनकै अगुवाइमा नेपाल वातावरण पत्रकार समूह गठन भएको हो ।

गुरुवाचार्यले अमेरिकाको इन्डियाना युनिर्भसीटी, ब्लुमिङ्टनबाट पत्रकारितामा स्नातकोत्तर गरेका थिए । उनको शनिबार अन्त्येष्टि हुने बताइएको छ । स्व गुरुवाचार्यका श्रीमती, छोरी र छोरा छन् ।

प्रतिक्रिया