मोटरसाइकल चोर्ने नक्कली प्रहरी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । प्रहरी बनेर मोटरसाइकल चोरी गर्ने दैलेख चामुण्डाविन्द्रासैनी– ६ का २२ वर्षीय प्रशान्त शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट भे ९ प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । प्रहरी जाँचका क्रममा बुधबार सुर्खेत–जुम्ला सडकखण्डमा उक्त मोटरसाइकलको इन्जिन र च्यासिस नम्बर मिल्न गएको हुँदा प्रहरीले शाहीलाई नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले ती युवाको साथबाट प्रहरीको युनिफर्मसहितको दुईप्रति फोटो र नेपाल प्रहरी जवान पदको परिचयपत्र फेला पारेको जानकारी दिए । ‘चोरीको मोटरसाइकल, प्रहरीको परिचयपत्र बरामद गरेका छौँ’, उनले भने, ‘अनुसन्धानका क्रममा प्रहरीको परिचयपत्र नक्कली रहेको खुलेको छ ।’

प्रतिक्रिया