महोत्तरीमा अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाइँदै

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा धमाधम हटाउन सुरु भएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौँको संख्यामा बनाएका टहराहरु धमाधम हटाउन थालेको हो ।

सडक खाली गर्न पटकपटक समय दिँदा पनि पसलेहरुले अटेरी गरेपछि नगरपालिकाले शुक्रबारदेखि टहरा तोडफोड गर्दै अतिक्रमित सडकका जग्गाहरु खाली गराउन थालेको छ । नगरपालिकाबाट खटिएका नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले नगरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउने अभियान थालेको हो ।

प्रतिक्रिया