उपेन्द्र यादवको कार्यकक्ष भयो सुनसान

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्राी उपेन्द्र यादवको मन्त्रालय तथा कार्यालय सुनसान भएको छ ।

मन्त्रिपरिषद् हेरफेर भएको बेला उपप्रधानमन्त्री रहेका उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

विदेश भ्रमणमा रहेका उपप्रधानमन्त्री यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पद बहाली गर्न बाँकी छ ।उपप्रधानमन्त्री तथा विभागीय मन्त्री उपेन्द्र यादवको कार्यकक्ष अगाडि कागजको पाना टाँसेर अस्थायी ‘नेमप्लेट’ बनाइएको छ ।

प्रतिक्रिया