खोजखबर

भारतसँग सिमा जोडिएको झुलाघाट नाका आजदेखि बन्द

सौर्य अनलाइन २०७६ मंसिर ६ गते १०:१० मा प्रकाशित

बैतडी । भारतसँग सिमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द भएको छ । चार दिनका लागि आजदेखि सीमा नाका बन्द भएको हो । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिइएको छ ।

कार्यलयका अनुसार अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिए । यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय