इंग्ल्यान्डको बलियो प्रर्दशन

एजेन्सी, लन्डन । न्युजिल्यान्डसँगको पहिलो टेस्टमा पाहुना टोली इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा बलियो प्रर्दशन गरेको छ ।
पहिलो दिनको खेल सकिँदा इंग्ल्यान्डले ९० ओभरमा २ सय ४१ रन जोड्न ४ विकेट गुमाएको छ । अलराउन्डर बेन स्टोक्स १ सय १४ बलमा ९ चौका सहित ६७ रनमा अविजित छन् । स्टोक्सलाई दोस्रो दिन ओल्ली पोपले १८ रनबाट साथ दिने छन् ।

इंग्ल्यान्डले पहिलो विकेटका लागि ५२ रनको सुदृढ सुरुआत पाएको थियो । डोम सिब्ले २२ रनको स्थितिमा डे ग्रान्डहोमको शिकार भएपछि घरेलु टोली खेलमा फर्किएको थियो । सिब्ले इंग्ल्यान्डका लागि टेस्टमा डेब्यु गरिरहेका छन् । त्यसपछि अर्का ओपनर रोरी बर्नसले डेनलीसँग ६१ रनको साझेदारी थपे ।

बर्नस १ सय ३८ बलमा ६ चौका सहित ५२ रनमा ग्रान्डहोमकै बलमा क्याचआउट भए । उनलाई कोलिन डि ग्रान्डहोमले विकेटकीपर विजे वालटिङबाट क्याच आउट गराए । जो डेनली १ सय ८१ बलमा ८ चौका र १ छक्का सहित ७४ रनमा क्याच आउट भए । चौथो विकेटका लागि स्टोक्स र डेनलीले ८३ रनको साझेदारी गरेका थिए । न्युजिल्यान्डका अलराउन्डर कोलिन डी ग्रान्डहोमले २, निल वांगर र टिम साउथीले १–१ विकेट लिएका छन् ।

प्रतिक्रिया