मोहनले बदले आफ्नो परिचय

दैलेखको भैरवी गाउँपालिका–७ मान्मका मोहन पौड्याल ३५ वर्षका भए । २०६५ सालमा ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका पौड्याल लामो समयदेखि विभिन्न गैरसरकारी संस्थाको परियोजनामा काम गर्दै आएका छन् । हाल उनी दैलेखकै गुराँस गाउँपालिकाको रोजगार संयोजक पदमा कार्यरत छन् ।

त्यति मात्र होइन्, उनको परिचय एक कुशल कृषकका रूपमा पनि लिने गरिन्छ । गाउँपालिकाको जागिरबाट हुने आम्दानीभन्दा उनले गाउँका अन्य युवालाई रोजगारमूलक तालिम दिएर हात पार्ने गरेका छन् । गाउँकै शिक्षित, जाने बुझेको युवामध्येमा पर्ने उनीसँग विभिन्न प्रकारको सीपसमेत छ । जसले उनी र उनी नजिक रहेकालाई गरि खान सजिलो भएको छ । उनले अहिले आफ्नो मात्रै होइन गाउँलेको समेत जीवन फेरिदिएका छन्

मोहनका कारण अहिले मान्म गाउँ नै चर्चित बनेको छ । उनकै कारण गाउँका मानिसहरूको आयस्तर ह्वात्तै बढेको छ । छोटो समयमै भैरवी गाउँपालिकाकै विकट भनेर चिनिने गरिएको गाउँ नै उदाहरणीय बनेको छ । करिब ५० घरधुरी भएको मान्ममा अहिले एउटा अकल्पनीय परिवर्तन भएको छ । समाजमा एकजनाको अभियान र अन्यको समर्थनले गर्दा गाउँ समृद्धिको बाटोमा अघि बढेको छ । गाउँलेहरू अहिले ‘कालापहाड’ अर्थात् पैसा कमाउन र जीवन धान्नैका लागि भनेर कोही छिमेकी मूलुक भारत जाँदैनन् । सम्भावना अनेक भएर पनि नेतृत्व गर्ने मान्छे दाह्रो नहुँदा गाउँ आयातमुखी थियो । तर, अहिले उनकै कारण सो गाउँ निर्यातमुखी बनेको छ ।

मोहन ०६२ सालमा स्नातकको पढाइ सकेर स्नातकोत्तरको लागि काठमाडौं गएका थिए । काठमाडौंमा बसेर पढाइ खर्चको जोहो गर्नु सजिलो थिएन । त्यही अप्ठेरोका बीचमा आफ्नो पढाइ खर्च जुटाउनका लागि केही नयाँ काम गर्ने सोचका साथ सुर्खेतमा रहेको घडेरी चार लाखको बेचेर काठमाडौंमा मोजा फ्याक्ट्री खोल्ने विचार गरे उनले ।

सुरूमा चारवटा मेसिन राखेर कामको थालनी गरे । तर, मोहनले सोचेअनुसारको फाइदा त्यसबाट लिन सकेनन् । मुलुक जनआन्दोलमा होमिएको थियो । सारा मान्छे प्रजातन्त्रका पक्षमा सडकमा थिए । उनको व्यापारले भने गति दिएको थिएन । बजारमा सस्ता चाइनिज मोजाहरूका कारण उनको मोजा फिक्काजस्तै बन्दै थियो । उनको कम्पनीले उत्पादन गरेको मोजा विस्थापित हुने अवस्थामा पुगेको थियो । घाटाको व्यापार गर्न छाडेर सो कम्पनी मासिक तीन हजारमा भाडामा दिएर आफू भने स्नातकोत्तरको पढाइ पूरा गर्नतिर लागे ।

स्नातकोत्तर तह सकाएर उनी दैलेख फर्किए । त्यतिवेलासम्म उनले मोजा उत्पादन गर्ने मेसिन करिब दुई लाख रुपैयाँमा बेचिसकेका थिए । दैलेख आएपछि रातो बंगाला फाउन्डेसनले सञ्चालन गरेको दैलेख स्कुल परियोजनामा काम गर्न थाले । करिब पाँच वर्ष यस परियोजनामा काम गरेका उनले । गाउँमा बसेर शिक्षण पेसा गर्दा गाउँका हरेक समस्या, अवसर तथा चुनौतीलाई राम्ररी बुझ्ने मौका पाए । त्यसपश्चात् उनले बाल अधिकृतको रूपमा दैलेख जिल्ला सदरमकुाममा रहेर काम गर्न थाले ।

जिल्ला सदरमुकाममा रहँदा इन्टरनेटको पहुँच सहज भएकाले कृषिसम्बन्धी खोज र विभिन्न नयाँ नयाँ व्यक्तिहरूसँगको सम्पर्क भयो उनको । त्यही क्रममा ०७२ सालमा उनको भेट इलामको कष्ृाकसँग भयो । इलामका कृषकको सल्लाह सझुाव लिएर अलैँचीको नर्सरी सुरु गरे । करिब डेढ लाखको लगानीमा सुरुवात गरेका थिए उनले । थोरै बिरुवाबाट सुरु गरेका उनले अहिले वार्षिक साढे दुई क्विन्टलभन्दा बढी अलैँची बिक्री गर्न थालेका छन् । अलैँची खेतीमा उनको गाउँ दैलेख जिल्लाकै अगाडि छ ।

अहिले उनको नर्सरीमा करिब आठ लाखभन्दा बढी अलैँचीका बिरूवा तयार छन् । गाउमाँ अलैँची उनीले आफू मात्रै लगाएका छैनन् । गाउका प्रायः सबैंको बारीमा अलैँची खेती छ । केही समय अघि मात्रै उनको गाउँबाट १५ लाख रुपैयाँ बराबरको अलैँचीको बिरुवा निर्यात भएको उनले बताए । यति वेला मोहनको मिहिनेत र कामले उनको परिचयसमेत फेरिएको छ । मिहेनती युवाका रूपमा ।

०७४ सालदेखि उनले सहयात्रा परियोजनामा काम गर्न थालेका छन् । ‘गाउँमा हेरे केही गर्न नखोच्ने तर केही काम भएन भनेर असन्तुष्टि देखाउने प्रविृद्धि, त्यसले किसानले गरेनन् भन्ने धारणा भएकाहरूबाट विकल्प खोज्न शिक्षित युवाहरू लाग्नपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘जागिर खाएर पनि केही नमुना काम गरूँ र अरूलाई पनि हौसला प्रदान गरूँ भन्ने सोचेका साथ आफ्नै ठाउँबाट विभिन्न आय आर्जन हुने कामको थालनी गर्ने सोच आयो ।’

त्यही सोचका साथ उनले कृषिसम्बन्धी विभिन्न विज्ञ तथा सम्बन्धित सरोकारवालाहरूसँग परामर्श लिए । ‘विभिन्न विज्ञ र चिने जानेकासँग सल्लाह गरेपछि छुर्पी उत्पादन पनि योजनामा पुगेँ,’ त्यस क्रममा आफूले चिनेका इलामका कृषकहरूसित सुझाव लिएँ र त्यसलाई आवश्यक पर्ने मेसिन किने, काम सिक्नैका लागि परिवारका दुईजनालाई इलाम पनि पठाएँ,’ उनले भने ।

त्यति मात्रै होइन, उनले छुर्पीसँग जानकार इलामका एकजना दक्ष व्यक्तिलाई दुई महिनाको लागि करिब ५० हजार रुपैयाँ दिएर दैलेख बोलाएँ । त्यसभन्दा अगाडि पौडेल छुर्पी बनाउने तरिका सिक्न दोलखाको जिरीसम्म पुगेका थिए, तर उनले छुर्पी बनाउने ठाउँ फेला पार्न सकेनन् । छुर्पी कसरी बनाउने भन्ने अनुसन्धानकै लागि उनले करिब एक लाख रकम खर्च गरेको बताए । उनले भने, ‘सुरुमा छुर्पीको बजारसम्म पठाउन नसकेर चार महिनाको अवधिमा झन्डै १२ क्विन्टल गोदाममा थन्कियो ।’

गोदाममा छुर्पी थन्किएका समयमा आफूले बुझेको तलबको पैसा किसानलाई दिन बाध्य भएको उनले सुनाए । तलबले पनि किसानलाई दूधको पैसा दिन नसक्दा ऋण गर्नसमेत परेको उनको अनुभव छ । अनेक असहज अवस्थामा पनि उनले हरेस भने खाएनन् ।

आफन्त र साथीभाइको सल्लाहअनसुार उनले उत्पादित छुर्पीलाई स्थानीय बजारमा पु¥याउने निधो गरे । सुरुमा आफ्नो जागिर सँगसँगै १० किलो छुर्पी लिएर दैलेख सदरमुकामका पसलमा जान थाले । पहिले पहिले त्यसबारे बुझाउन र बिक्री गर्न उनलाई निकै सकस प¥यो । दिउँसो जागिर गर्ने र साँझ बिहान छुर्र्पी बेच्न थालेको विगत सुनाए उनले ।

विस्तारै स्थानीय बजारमा उनकोे छुर्पी बिक्न थाल्यो । स्थानीय बजारबाट होलसेलसम्म पु¥याए उनले । दैलेखको स्थानीय बजार नाघेर उनको छुर्पी सुर्खेत पुग्न थाल्यो । गोदाममा बसेका छुर्पी चार महिनामा बेचेर सकाएको मोहनले बताए । उनले छुर्पी उत्पादन थालेपछि स्थानीय किसानको दूधले समेत राम्रो बजार पाएको छ । ‘मैले गत वर्ष मात्रै स्थानीय किसानलाई दूध खरिद गरे वापत २१ लाख रुपैयाँ दिएँ, छुर्पी उत्पादनले यहाँको किसानलाई दूध बिक्री गर्न सजिलो भएको छ । गाउँलेहरू घोडालाई बोकाएर दूध ल्याउँछन्,’ उनले बताए ।

यति वेला उनले मात्रै कमाएका छैनन्, ‘मेरो उद्योगमा तीनजनालाई राजेगारी दिएको छु, दैनिक चार सय लिटर दूध खपत हुने गरेको छ, उद्योगमा दैनिक एक हजार लिटर दूध खपत गर्न सक्ने क्षमता छ । तर, गाउँमा चाहे जति दूध नपाउँदा समस्या छ ।’ उनले भने । मोहनले किसान समूहमार्फत् प्रदेश सरकारसँग आग्रह गरी प्रस्ताव गरेअनुसार स्थनीय किसानले अनुदानमा गाइ भैँसी पाएका छन् । उनको प्रस्तावमा प्रदेश सरकारले विभिन्न किसानलाई ३४ वटा गाई र २० वटा भैँसी ६० प्रतिशत अनुदानमा दिएको छ । अनुदानमा पाएको गाई भैँसीको दूध बेच्न थालेपछि किसाको आम्दानी बढेको छ । अहिलेले यहाँको किसानकोे दैनिकी र परिचय नै बदलिएको छ ।

‘गाउँमा उन्नत जातको गाई पाल्दा कति फाइदा हुन्छ भनेर परीक्षण गरँ,े एउटा गाईबाट मासिक १४ हजारभन्दा बढी आम्दानी हुने देखियो’ उनले भने, ‘राज्यले रोजगारी दिएन भन्नु भन्दा पनि केही जागिर भएकाहरूले पनि सानो लगानीबाट स्वरोजगारी निम्त्याउन प्रयास गर्नुपर्छ भन्ने लाग्यो । यदि घाटामा गयो भने पनि तलबबाट परिपूर्ति भइहाल्छ,’ उनले ढुक्क हुँदै भने । रोजगारी भएकाले पनि अन्य केही आम्दानीको काम गर्नुपर्ने उनको बुझाइ छ ।

‘गाउँमा गाई भैँसीलाई चाहिने घाँस प्रशस्त भएर पनि तरिका नजानेका कारण स्थानीय बेरोजगारजस्तै भएका थिए । तर, लामो प्रयासपछि अहिले गाउँलाई रोजगारीको आवश्यकता छैन, यहाँका सबै किसान वयवसायी बनेका छन्,’ उनले भने । स्थानीयले उनलाई उद्योगपति भनेर हौसला दिएकै कारण यहाँ पुगेको उनले बताए । सधैँभरि अरूको सामान बेच्नुभन्दा आफूले उत्पादन गरेको सामान बेच्नुमा उनी गर्व गर्छन् ।

उनको सुझाब छ, सरकारले केही काम नगरी बसेकालाई भन्दा केही काम सुरु गरेकालाई सहयोग गर्नुपर्छ, केही गरौँ भनेर लागेकालाई सहयोग गर्दा थप हौसला बढछ, ।’ उनी चाहन्छन् गाउँका प्रत्येक घरमा अधिकृतस्तरको कर्मचारी बराबर मासिक ४० हजार रुपैयाँसम्म कमाइ होस् । त्यसका लागि सरकारले किसानलाई अनुदान दिएर उतपादनमा लाग्न हौसला बढाउनुपर्ने उनको विचार छ । उनले आफ्नो गाउँलाई ‘एग्रोे टुरिजम’को रूपमा विकास गर्ने सपना देखेका छन् र सबै किसिमका बिरुवाको नर्सरी स्थापना गर्ने योजना राखेका छन् ।

मोहन आफ्नो गाउँमा किवी खेती गर्ने, उत्तीसको मुडाबाट च्याऊ खेतीको विकास गर्ने, बोइलर बाख्रा, माछापालन जस्ता व्यवसाय गर्न सकिने सम्भावना रहेको बताउछन् ‘व्यवसायमा चुनौति हुन्छ, त्यसबाट भागनु हुँदैन सामना गरे अघि बढे सफल भैइन्छ,’ उनी भनछन्, कमाइ गर्न चाहने र उदेश्य लिनेले कही न केही उद्योग खोल्नपर्छ ।’

सुरूका दिनमा उनले गाउँलेको पूरा साथ पाएका थिएनन्, तर, अहिले उनको मिहनत र काम गर्ने शेली देखेर सबै प्रभावित छन् । उनले गाउँमा आफ्नो फरक पहिचान बनाएकाछन्, उद्यमीका रूपमा । त्यसैले त केही महिनाअघि उनलाई जिल्ला कृषि विकास कार्यालयले पुरस्कृत समेत गरेको थियो ।

प्रतिक्रिया