टिस्टा, काँकडाजस्तै सुस्ता, कालापानी नबनोस्

विशाल नेपाललले अहिलेको भारतसँग कहिलै झैँ–झगडा गरेन बरू अहिलेको भारत निमार्णमा जहिले पनि सहयोगी मात्र बनेन संस्कृति बचाउन काँध थापिरह्यो । प्राचीन नेपाललले भारत निर्माणमा सहयोग गरे पनि सुगौली सन्धीपछि बनेको नेपाललाई भने भारतले गुनभन्दा बढी बैगुन लगाउँदै आएको छ 

अहिले युवा हरूमाझ इतिहास लाग्ने नेपालको सिमाना र गौर्खालीको बाहादुरी भोलीका पुस्ताका लागि पौराणिक कथामा परिणत हुँदैछ । हुन त नेपाललीे प्राचीन कालको इतिहास पढ्ने हो भने अहिलेको पुस्तालाई नै इतिहास भन्दा पनि पौराणिक कथा जस्तै लाग्न थाली सकेको छ । प्राचीन नेपाल र धर्म ग्रन्थको कुरा गर्नेहो भने नेपाल विशाल थियो । विशाल नेपाललले अहिलेको भारतसँग कहिले झै–झगडा गरेन बरू अहिलेको भारत निमार्णमा जहिले पनि सहयोगि मात्र बनेन संस्कृति बचाउन काँध थापिरह्यो । प्राचीन नेपाललले भारत निर्माणमा सहयोग गरे पनि सुगौली संन्धि पछि बनेको नेपाललाई भने भारतले गुनभन्दा बढी बैगुन लगाउँदै आएको छ ।

प्राचीन नेपाल र धर्मग्रन्थमा नेपालको सिमानाको कुरा गर्नेहो भने स्कन्द पुराणको, अथर्ववेद र कौटिल्यको अर्थशास्त्रमा पनि नेपाल बारेको व्याख्या छ पाइन्छ । सम्राट अशोकदेखि चाणक्य सम्मले नेपालको सिमानाको व्याख्या गरेका छन्् । धर्मग्रन्थ, संस्कृति र सिमानाको कुरा गर्ने हो भने नेपालको पूर्वी सिमाना कामरूप–कामक्ष, दक्षिणी सिमाना पाटलीपुत्र, कतूर र पश्चिममा उधमपुर भनेर व्याख्या इतिहासकारहरूले गर्दै आएका छन् ।

कामक्ष भनेको आसाममा पर्दछ, पाटलीपुत्र भनेको पटना र कतुर भनेको इलाहावादनजिक र उधमपुर भनेको उत्तर–पश्चिम पञ्जाब हो र यो इसाको ३५० वर्ष पूर्वको शिलालेख हो । यिनै ग्रन्थहरूमा साँध सिमानाको कुरा मात्र गरिएको छैन संस्कृतिको कुरा पनि उठाएको छ । वेद, पुराण र ऋषिमुनि हिन्दू धर्ममा शालीग्रामलाई भगवान् विष्णुको नामले चिनिने यो शालिग्राम नेपालको गण्डकी नदी किनारामा पाइन्छ । धार्मिकसँगै प्राचीन नेपालको ईतिहास हेर्नेहो भने खस र किराँत कालमा नेपाल विशाल थियो । किराँत कालको अन्त र लिच्छवीहरूको शासन शुरु हुनु नेपालको दुर्भाग्य भयो ।

लिच्छवीहरू कमजोर हुँदै गएपछि विशाल नेपाल ५३ टुक्रामा विभाजित भयो । लिच्छवी शासनपछि मल्लहरूको शासन नेपालमा शुरू भयो, तर मल्लहरूले नेपालको एकीकरण गर्ने तर्फभन्दा पनि राज्य बिभाजनको संस्कृतिलाई बढावा दिए । मुकुन्द सेनले एकीकरणको केही प्रयत्न गरेको देखिएता पनि उनका उत्तराधिकारीहरूले पाल्पा राज्यलाई ३ खण्डमा विभाजन गर्न पुगे । त्यसपछि शाह वंशको शासन नेपालमा आयो । शाह वंशलाई नेपालको आधुनिक युगको सुरुआत भन्ने गरिन्छ ।

शाह वंशका शासकमध्ये गोरखामा जन्मेका पृथ्वीनारायण शाह दूरदर्शी राजा थिए । उनले नेपाललाई अंग्रेजहरूको उपनिवेशबाट बचाउनको निम्ति स–साना राज्य–रजौटाहरूलाई जोडेर एउटा सिंगो बलियो देशको आधार बसाल्ने कार्य गरे । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानलाई बहादुर शाह र राज्यलक्ष्मल्ीे अगाडि बढाए । पृथ्वीनारायण ले सुरु गरेको विशाल नेपालको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदीसम्म पुगेको थियो । दक्षिणमा गंगा नदीसम्म पुगेको थियो ।

सुगौली सन्धिले १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाली युद्धलाई समाप्त गरियो । सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको दुईतिहाइ भू–भाग गुमाउनुपरेको थियो । सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिस प्रतिनिधि काठमाडौंमा राखिनेजस्तो सहमति गरियो । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ–वर्तमान उत्तराखण्ड, गढवाल–वर्तमान उत्तराखण्ड, सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा तराई क्षेत्रका धेरै चूभागहरू ब्रिटिसहरूकै अधिनमा रहे । तत्कालीन प्रधानमन्त्री भीमसेन थापा र युवा अस्थामै राजा भएका गीर्वाणयुद्ध विक्रम शाहकको पालामा सुघौली सन्धि भएको थियो ।

तत्कालीन प्रधानमन्त्री भिमसेन थापाको पालामा सन् १८१६ मा तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता अथवा सुगौली सन्धीले नेपालको सिमाना पूर्व मेची नदी र पश्चिममा महाकाली नदीमा सीमित पारेको थियो । सुगौली सन्धिपछि ४४ बर्ष सम्म राप्ती पस्चिमको तराईको भू–भागमा ब्रिटिस राज चल्यो । सन १८५७ मा तत्कालीन ब्रिटिस इस्टइन्डिया कम्पनीविरुद्ध भारतमा बहुचर्चित सिपाही विद्रोह भयो । त्यो बिद्रोहमा आफ्नो सत्ता बचाउन तत्कालीन ब्रिटिस शासकले नेपालसँग सैनिक सहयोग मागे । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नै नेतृत्वमा करिब १४ हजार सैनिक लगेर भारतको बिहारबाटै विद्रोही सिपाहीविरुद्ध कारबाही चलाए ।

इतिहासमा यस्तो मोड आयो कि पहिले हस्तक्षेप गरेर आफूतिर गाभेको त्यही भूमि ४४ वर्षपछि उपहारस्वरूप फिर्ता गर्न बाध्य हुनुप¥यो । जंगबहादुर राणाले अंग्रेजलाई खुसी पारेर बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता लिने क्रममा खम्बा नगाडी लिन्न भने । त्यसवेला जंगबहादुरको अड्डीबाट गाडिएका खम्बाहरूलाई पछि जंगे खम्बा भनियो । भारतले नेपाललाई गर्ने हेपाहा प्रवृत्ति र नेपालको आन्तरिक राजनीतिक द्वन्द्वले गर्दा राणकालदेखि नै नेपाली जमिन जोखिममा पर्दै आएको विभिन्न अध्ययनले देखाएको छ ।

१८६० मा भारतले नेपालको भूभाग मिच्न सुरु गरेपछि मात्रै सन् १८८० देखि सीमा पिल्लर गाड्ने काम सुरु भएको हो । तर, अंग्रेजहरूले ४ मार्च १८१६ मा भएको सुगौलीसन्धी लगत्तै सीमामा लठ्ठा गाड्ने काम र नक्सा बनाउने काम गरेका हुन् । अंग्रेजको पालामा जंगेपिल्लर पाँच माइलको दूरीका गाडिएका थिए । पाँच माइलको बीचको भागमा बांगो टिंगो हुन गई नेपालको भूमि भारततिर पर्ने र भारतको भूमि नेपालतिर पर्ने भएकाले सन् १८८० मा जंगेपिल्लरको बीचमा सहायक पिल्लर गाड्ने र सीमा व्यवस्थापन गर्ने काम गरिएको थियो ।

यो पिल्लर गाड्ने काम गरिँदा नेपालको सही नक्सा नबनाउनु नै नेपालको पहिलो कमजोरी हो । राणा शासन सुभएसँगै नेपाल आन्तरिक द्वन्द्वमा फस्दै गयो । चीन र भारतले नेपालको सिमाना मिच्दै गएका थिए । पछि चीनसँगको सीमाविवादमा गौरीशंकर हिमाल, लाङटाङ हिमाल नेपालललाई फर्काएको थियो भने । भारतले कुनै चासो देखाएको देखिँदैन ।

राणाहरूको अन्त्य र प्रजातन्त्र स्थापनापछि भारतले नेपाललाई हेर्ने दृष्टिनै बदलेको छ । नेपाली शासकहरूले भारतकै भर परेर नेपालको सत्ता सञ्चालन गर्ने मनसाय बनाउनु नै नेपाली जनताको दुर्भाग्य हो । २००७ सालपछि नेपालमा भएका राजनितिक उतार चढावको फाइदा उठाउँदै भारतले सिमाना जोडिएका २३ जिल्लामा ६० हजार हेक्टरभन्दा बढी जमिन आफूतिर पारेको छ । नेपालको कालापानी पनि भारतले कब्जा गरेको ५७ वर्ष भएको छ । ५७ वर्ष अर्थात् २०१८ सालपछि नेपालमा धेरै शासन र सत्ता परिर्वतन भइसकेका छन् । ५७ वर्षको अवधिका धेरै राजनीतिक परिर्वतन भएको छ भने देश गणतन्त्रमा प्रवेश गरी प्रदेश सरकारसमेत सञ्चालनमा आईसकेको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल जोड्ने हो भने देशमा ४५ जना सरकार प्रमुख र प्रधानमन्त्री भइसकेका छन् । पञ्चायतकाल, बहुदल, प्रजातन्त्र पुर्नस्थापना, माओवादल्ीे गरेको जनयुद्ध, ६२÷६३को जनआन्दोलन र संघीय लोकतन्त्र गणतन्त्रमा प्रवेश गरी प्रदेश सरकारसमेत सञ्चालनमा आइसकेको छ । हामीले यो समयमा आइपुग्दा समेत प्रचीन नेपालको इतिहास पढ्दै देशभक्तिका गीत गाउनुबाहेक कुनै उपलब्धि हासिल गर्न सकेका छैनौँ । आन्तरिक द्वन्द्व फस्दै दरबारमा मारकाट गरेर सत्ता बचाउने काम राणा शासनबाट सुरू भए पनि भारतमा बसेर भारतकै विरोध गर्ने नेपालका राजनीतिक दलहरूले सुरु गरे ।

विक्रम संवत् २०२६ मा पहिलोपल्ट प्रधानमन्त्री भएका वेला कीर्तिनिधि विष्टले नेपालको उत्तरी सीमाबाट भारतीय सुरक्षा चेक पोस्ट हटाएका थिए । भारतीय सुरक्षा चेक पोस्ट हटाई नेपाललाई भारतीय सैनिक नियन्त्रणबाट मुक्त पारेको इतिहास यतिवेला स्मरण गर्दै गर्दा कालापानीेले दुखाउनु स्वाभाविकै होला । तत्कालीन प्रधानमन्त्री विष्टपछि कुनै पनि सरकारले भारतसँग सिमानाको कुरा चुनावी नाराबाहेक अरू वेला उठाएको देखिएन । संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दीको विरोध गर्दा प्रधानमन्त्री ओली राष्ट्रवादी कहलिए र हाल सक्तामा पनि छन् । सीमानामा दिनका दिन विवाद बढ्दै गएको छ ।

नेपाली जनताको पनि भारतलाई हेर्ने दृष्टि नै बदलिएको छ । भारत नेपाललाई सहयोग र अनुदानको ललीपप देखाएर सिमानामा हस्तछेप गर्दै आएको छ । कालापानी सुस्तालगायतका क्षेत्रमा बढी भू–भाग अतिक्रमण भएपनि भारतसँग सिमाना जोडिएका सबै जिल्लामा सिमाविवाद उस्तै छ । राजनीति दलहरूको ध्यान भने सत्ता लुछाचुँडीमै रह्यो । यसरी नेपाल भारत सीमा विवाद दिनका दिन बढ्दै गयोभने दुईटै देशलाई आन्तरिक सुरक्षामा चुनौती बढ्दै गएको छ ।

प्राचीन कालदेखि खुला सिमाना, भेषभूषा संस्कृति रहनसहन मिलेको नेपाल भारतको सिमाना सुरक्षीत र व्यावस्थापन गर्न जरुरी छ । अहिलेको यो अवस्थामा पनि नेपाललले सीमा विवाद समाधान गर्न सकेन भने राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको कविता पश्चिम किल्ला काँकडा पुर्वमा टिस्टा पुगेथ्यौँ भनेर गाउनुबाहेक कुनै विकल्प रहने छैन । अब आउने पुस्तालाई टिस्टा र काँकडाको कथाजस्तै सुस्ता र कालापानीको कथा नबनोस् ।

प्रतिक्रिया