नेपालगञ्जमा नयाँ एनसेल सेन्टर

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहजतथा परिस्कृत बनाउँदै नेपालगञ्जको पुष्पलालचोक–२ माबिहीबार नयाँ सुविधा सम्पन्न नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ ।  एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रम माझ उक्त सेन्टरको उद्घाटन गरे । संचालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवाप्रदानगर्न सक्षम रहेको एनसेलले जनाएको छ ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत मंसिर ५ देखि मंसिर ७ गते सम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउने छन् । प्राप्त डेटा भोलुम ३ दिनको लागि मान्य रहनेछ । यसका साथै मंसिर ७गते सम्मउतm सेन्टरबाट कारोबार गर्नु हुने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन् ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवातथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिमतथामोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विजप्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिलतिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतकाअन्य सम्पुर्ण ग्राहक सेवाहरु प्राप्तगर्न सक्नेछन ।

प्रतिक्रिया