विदेशबाट फर्केर कुखुरा पालन

कालिकोट । तिलागुफा नगरपालिका ११ भैसिँगौडाका धनराज शाहिलार्ई दुवैबाट फर्केको अहिलेजस्तो लाग्छ । लाखौं ऋण लिएर उडेका शाहिले कमाइ गर्न नसकेपछि स्वदेश फर्केलगत्तै कुखुरा पालनमा जुटे । ‘ठुकुरिकोे छोरो भएर कुखुरा पाल्छस् ? जात फालिस् ।’ भन्दै उपदेश दिने समाज उनको प्रगति देखेर अहिले चुपचाप छ  ।

‘पार्सपोर्ट सिरानीमुनि थन्क्याएको छु, अर्काको देश र्पुयाएर दुस्ख दिने कुरा के काम ?’ कुखुराको फममा छिरेर कुखुरा देखाउदै उनले भने, ‘अब विदेश जानु छैन, आफ्नै देशमा दुख गरे मनग्गे कमाइन्छ ।’ विदेशमा २० महिना काम गरेर आएका उनले कुखुरा पालनबाट झन्डै मासिक डेढ लाखसम्म आम्दानी गरिरहेको सुनाए । दुवैमा २० महिना दःुख र कष्टमै वित्यो, १५ महिना जेलमै विताएँ वाँकि ५ महिना मात्र काम गरे ।

१५ महिना जेलमा विताएका पिडाहरु अहिले कुखुराको चल्लाले विर्साएको छ । ‘कुखुराबाट निक्लिएको मल आफ्नै खेतबारीमा प्रयोग गर्छु,’ उनले भने, मलले बारी पनि हराभरा भएको छ ।’ एक हजारभन्दा बढी चल्ला पालन गरिरहेका उनले ब्रोइलर र गिरीराज दुवै जातका कुखुरा फरक टनेल नै बनाएर पाल्ने गरेका छन । पशु, कृषिसम्बन्धी विभिन्न तालिम लिइसकेका उनले कुखुरा पाल्नमा अब्बल भइसकेको दाबी गरे ।

दुवैमा लाखौं ऋणमा दुबई पुगेर फर्किएका उनले पासपोर्ट थन्क्याएर ब्रोइलर कुखुरा पालनमा खटे । ‘विदेशमा भौतारिनुभन्दा यहीं काम गर्ने जाँगर चल्यो,’ शाहिले भने, ‘बिदेसिएकाले कमाउनेभन्दा तेब्बर कमाएपछि किन जानु ?’ कुखुरा पालनको एक वर्षे अन्तरालमा धनराजले ठूलो सफलता हात पारेका छन । निरन्तर पालनमा झन्झट भए पनि उपभोक्ताले चल्लादेखि ठूलो भइसकेका कुखुरा खोरबाटै लान थालेपछि यो व्यवसाय फस्टाउँदै गएको उनको अनुभव छ ।

‘पहिलो पटक कुखुरा पालन आमाबाट सिके, सुरुमा झन्झट लागे पनि कमाइ राम्रै हुन थालेपछि यसमा जोड दिँदै गए,’ उनले हुर्किरहेका चल्ला देखाउँदै भने, ‘बिस्तारै यसबारे ज्ञान बढ्दै गएपछि जाँगर चल्न थाल्यो ।’ अहिले नगरपालिकाले पनि चार लाख सम्मको सहयोग गरेको छ । रोजगारिको शिलसिलामा विदेशमा गएर दुखपाएर नेपाल फर्केका धनराज जस्ता अरु युवाहरुकोे प्रगति देखेपछि बिदेसिन लागेका यँहाका युवायुवती र गाउँलेसमेत हाल कुखुरा पालनमा लागेका छन ।
शान्नि त्रिवेणिगाँउपालिका ६ मेहलमुडिका २५ वर्षिय नारायण उपाध्याय मलेसियाबाट फर्केपछि पार्सपोर्ट च्यातेर कुखुरापालन व्यवसायमा जमे । ‘स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो, कुखुरा पालनमा लागे यसैको आम्दानीले जीवनस्तर पनि उठ्यो,’ उनले भने, ‘सुरुमा ढंग नपुर्याएकाले समस्या भयो, केही कुखुरा मरे, फेरि पछाडि फर्कनुपरेन ।’ उनले पहिलो पटकमा कमाएको नाफा बीस हजारको हौसलाले यहाँसम्म आइपुगेको बताए ।

बिदेसिनुको सट्टा कुखुरा पालन गरेर राम्रै कमाइ गरिरहेका युवायुवती हिजोआज गाउँपिच्छे भेटिन्छन । बजारमा माग बढिरहेकाले युवावर्गले ब्रोइलर कुखुरा पालनलाई बलियो व्यवासाय बनाएको तिलागुफा नगरपालिका प्रमुख रतन बहादुर शाहिले बताए । ‘ठूलो आम्दानी हुने देखेपछि कुखुरा पालनप्रति युवाको आकर्षण बढिरहेको देखिन्छ, अझै सक्रिय बनाउन हामिले वेरोजगारि युवाहरुलाई व्यावसायिक बनाउन कृर्षि उद्य्यम तर्फ मात्र ४ करोड वजेट छुटाएका छौँ’, उनले भने ‘धनराज जस्तै विदेश बाट फर्केर नेपालमै केहि गरौँ भन्ने युवाहरु लाई अनुदान दिने गरेकौ छौँ भर्खरै मात्र वडा र्न ११ चिल्खाण रुडुका चौँरिपालन गरिरहेका युवाहरुलाई पनि अनुदान दिएका छौँ ।’

प्रमुख शाहिले भने, ‘विदेशबाट फर्किएका दुर्गम गाउँका युवा आजकल झनै सक्रिय भएका छन ।’ उनले एक गाउँको टोलमा सातदेखि ८ सयसम्म विभिन्न जातका कुखुराको चल्ला पालन गरेका छन , ‘चार–पाँच महिनामै बिक्री गर्न सकिने भएकाले ब्रोइलर जातको कुखुरा पालनमा बढी आकर्षण देखिएको छ,’ यस्ता युवाहरुलाई स्वदेशमै आर्कषित गर्न पनि हामिले पोत्सान गरेको छौँ ।’

प्रतिक्रिया