सेञ्चुरी बैंकको निःशुल्क आँखा शिविर

बर्दिवास । सेञ्चुरी कमर्सियल बैंकको बर्दिवास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

बालबालिकादेखि लिएर वृद्धवृद्धासमेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निःशुल्क जांच गरिएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरू गर्दै आएको छ ।

प्रतिक्रिया