मोरङ जिल्ला प्रशासनमा प्रभु बैंकको काउन्टर

काठमाडौं । प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिकास्थित मोरङ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । मोरङस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन बिहीबार मोरङका प्रमुख जिल्ला अधिकृत मदन भुजेलले एक समारोहका बीच उद्घाट्न गरे ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरूले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा रकम जम्मा गरी सरल र सहज रूपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्ने बैंकले जनाएको छ । बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज हुने भएको छ ।

बैंकको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले दावी गरेको छ । बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा, ३६ वटा एक्स्टेन्सन काउन्टर तथा १९ वटा शाखा रहित बैंकिङ सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।

प्रतिक्रिया