प्रेमराजा महतको ‘लाम मया छपक्कै’ मा करिष्मा र शंकर

काठमाडौँ । गायक प्रेमराजा महत र गायिका अञ्जु पन्तको आवाजमा ‘लाम मया छपक्कै’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक महतले केही दिनअघिमात्रै राष्ट्रभक्ति गीत ‘आयो नेपाली’ स्रोता र दर्शक माझ ल्याएका थिए ।

उक्त गीत सार्वजनिक भएको छोटो समयमै पुनः ‘लाम मया छपक्कै’ सार्वजनिक गरेका हुन् । गायक महतले युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गर्दै सबैको माया र आशिर्वादको अपेक्षा गरेका छन् । गीतमा महतको आफ्नै शब्द तथा संगीत रहेको छ भने बिबी अनुरागीले संगीत संयोजन गरेका छन् ।

प्रिज्म रेकर्डिङ स्टुडियोबाट रेकर्ड गरिएको गितको भिडियो विन्ध्यावासिनी म्यूजिक प्रालिको युट्युब च्यानलमार्फत बजारमा आएको गीतको भिडियोमा अभिनय नायिका करिष्मा मानन्धर र निर्देशक एवं मोडल शंकर बिसीले गरेका छन् । निर्देशक बिसीकै निर्देशनमा तयार गरिएको म्यूजिक भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका छन् ।

प्रतिक्रिया