सरकारबाट बाहिरिँदै उपेन्द्र यादव

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुर्नगठनमा आफूखुसी मन्त्रालय हेरफरे गरेको भन्दै अध्यक्ष यादवले असन्तुष्टि जनाएका छन् । मन्त्रालय फेरबदलको समयमा दिल्लीमा रहेका यादवले ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार छोड्ने तयारी गरेका छन् ।

स्वास्थ्यमन्त्री यादवलाई कानुनमन्त्री बनाएका ओलीले अर्का समाजवादी पार्टीका नेता सुरेन्द्र यादवलाई राज्यमन्त्रीको पदबाट मुक्त गरेका छन् भने अर्का नेता इस्तीयाक राईले सम्हालेको मन्त्रालयमा नेकपाका नेता रामवीर मनान्धरलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । अध्यक्ष यादव शुक्रवार साँझसम्म दिल्लीबाट काठमाडौँ फर्किने र शनिबारसम्म सरकारबाट बाहिरिने निर्णय हुनेसक्ने बताइएको छ ।

प्रतिक्रिया