स्मार्ट बन्दै गुर्भाकोट

सुर्खेत । देशकै विकट मानिने कर्णाली प्रदेश सुर्खेतको गुर्भाकोट नगरपालीका स्मार्ट तथा डिजिटल बनाउन सुरु भएको छ । काठमाडौँको सेल याप प्राली तथा स्मार्ट पालीका को प्राविधिक सहकार्यमा नगरपालीकाले स्मार्ट पालीका अन्तरगत डिजिटल सिस्टम, डिजिटल घरधुरी सर्वेक्षण तथा मोवाईल एप्स सहितको सुविधा दिने सहितका योजना गरेको छ ।

गुर्भाकोट नगरपालीकाका मेयर हस्त पुनले जनतालाई सुसासन तथा प्रविधिमैत्री बनाउँदै विकासको नमुना नगरको रुपमा फड्को मार्ने विस्वास हामीले लिएको बताए । विकट मानिएको कर्णाली र कर्णालीको सुर्खेतको विकट मानिएको गुर्भाकोट नगरपालीका अव छिट्टै स्मार्ट सिटिका लागि अघि बढ्ने नगरपालिकाले जनाएको छ ।

नगरबासीले विस्तारैै घरमै बसेर सुविधा लिने,कर तिर्ने तथा नगरपालीकाको सम्पूर्ण जानकारी लिन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण कुवरले बताए। नगरपालीकाका हरेक कामहरु प्रविधिमैत्री गराउदै सुन्य भ्रष्टाचार युक्त नगर बनाउने प्रयास रहने कुरामा विश्वस्त रहेको उनको दावी छ ।

स्मार्ट पालीकाका कार्यक्रम निर्देशक राजानन्द माण्डव्यले नेपाललाई डिजिटल युगमा प्रवेश गराउनको लागि र जनमैत्री नगर तथा गाउँ बनाउनको लागि स्मार्टपालीकाले कुनै कसर नछाड्ने बताए । उनका अनुसार नेपालका गाउँ तथा नगरपालीकाको पहिलो विकासको खुड्किलो भन्नु नै सुचना प्रविधी नै हो । स्मार्ट कर्णालीः स्मार्ट जनता तथा कर्णालीको विकासमा प्रविधिको प्रयोग हुनुपर्ने भन्दै नगरपालिकाले काम थालनी गरेको हो ।

प्रतिक्रिया