पोचेटिन्होको स्थानमा माउरिन्हो

एजेन्सी , लन्डन । इंग्लिस क्लब टोटनह्यामले प्रशिक्षक माउरिसियो पोचेटिन्होलाई बर्खास्त गरेको छ ।  उनको स्थानमा जोजे माउरिन्हो टोटेनह्यामको प्रशिक्षकमा नियुक्त भएका छन् । प्रिमियर लिगमा पछिल्लो समय टोटनह्यामले खराब प्रदर्शन गरेपछि क्लबले यो निर्णय लिएको हो । उनको स्थानमा टोटनह्यामले जोसे मोरिन्होलाई ल्याउने तयारी गरेको छ । प्रिमियर लिगको १२औँ चरण सकिँदा टोटनह्याम १४ अंकसहित १४औँ स्थानमा छ । टोटनह्यामले गत जनवरीदेखि अवे मैदानमा जित निकाल्न सकेको छैन ।

उसले तीन जित, पाँच बराबरी र चार हारको नतिजा निकालेको छ । टोटनह्यामले विज्ञप्ति जारी गर्दै बोर्डको गम्भीर छलफलपछि यो निर्णय लिएको क्बलका अध्यक्ष डेनियल लेभीले बताएका छन् । सन् २०१४ को मेमा क्लबमा आबद्ध भएपछि पोचेटिन्होले गएको सिजन टोटनह्यामलाई च्याम्पियन्स लिगको फाइनलसम्म पु¥याएका थिए ।

लिभरपुलसँग पराजित हुँदै टोटनह्याम उपविजेतामा सीमित बनेको थियो । पोचेटिन्होलाई बर्खास्त गरेपछि सहायक प्रशिक्षक जेसस पेरेज, मिगेग डि अगस्टिनो र एन्टोनी जिमिनेजले पनि क्लब छोडेका छन् । यो सिजनको लिग कपमा टोटनह्याम तेस्रो डिभिजनको कोलकास्टरसँग पराजित भयो भने च्याम्पियन्स लिगको समूह चरणमा पनि बायर्न म्युनिखसँग आफ्नै मैदानमा ७–२ को पराजय भोग्न बाध्य भयो ।

साउथह्याम्टनलाई प्रिमियर लिगमा सबैभन्दा राम्रो स्थानमा ल्याउन सफल भएपछि सन् २०१४ मे २८ मा पोचेटिन्हो टोटनह्याममा आवद्ध भएका थिए । पहिलो सिजनमा टोटनह्यामलाई पाँचौँ स्थान दिलाएका पोचेटिन्होले दोस्रो सिजन तेस्रो स्थान दिलाए । उनी इंग्ल्यान्डमा पेप ग्वार्दिओलालाई इंग्ग्ल्यान्डमा हराउने पहिलो प्रशिक्षक बने ।

सन् २०१६ को अक्टोबरमा टोटनह्यामले सिटीलाई २–० ले हराएको थियो । सन् २०१७–१८ को सिजनमा टोटनह्यामलाई प्रिक्वार्टरफाइनलसम्म पु¥याएपछि पोचेटिन्होले उनको सम्झौता पाँच वर्ष थपेको थियो । गत सिजनको च्याम्पियन्स लिगमा टोटनह्यामलाई पहिलो पटक फाइनलसम्म पु¥याए । त्यसक्रममा आयाक्सविरुद्ध टोटनह्याले उत्कृष्ट कमब्याक गरेको थियो ।

प्रतिक्रिया