‘माछा माछा’ को ‘म्याडम म्याडम’

काठमाडौं । सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘माछा माछा’ को आइटम गीत ‘म्याडम म्याडम’ सार्वजनिक भएको छ । २० मंसिरदेखि देशव्यापी प्रदर्शनमा आउने तयारी रहेका यो चलचित्रको उक्त गीतमा अनुपम शर्माको संगीत र आवाज रहेको छ । प्रवीण सिंहको कोरियोग्राफीमा अभिनेत्री सृष्टि श्रेष्ठसँगै अभिनेता सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको अभिनय छ ।

चलचित्रमा अभिनेता सौगात, विजय र अनोजको मुख्य भूमिका छ । तीन गाउँले युवकले सहरमा आफूहरू स्थापित हुन गरेको संघर्षको कथा प्रस्तुत गरेका छ ।

त्यस्तै, चलचित्रमा प्रवीण खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धु्रव कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ । रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको लगानी रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रवीण सिंहको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया