पाएको सीप रोजगारमुखी होस्ः सरावगी

वीरगञ्ज । महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले तालिमबाट लिएको सीपलाई रोजगारमुखी बनाउन अनुरोध गरेका छन् । उनले तालिम लिएपछि त्यसलाई अनिवार्यरूपमा रोजगारमुखी बनाउँदै परिवारको आर्थिक स्रोतको रूपमा प्रयोग गर्न अनुरोध गरे ।

वीरगञ्ज सृजनशील व्यवसाय तालिम केन्द्रले आयोजना गरेको प्रमाण पत्र वितरण कार्यक्रममा नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गरेका हुन् । वीरगञ्ज महानगरपालिका र वीरगञ्ज उद्योग वाणिज्य सघंको आर्थिक सहयोगमा लघु व्यवसाय विकास कोष पर्साद्वारा सञ्चालित अनौपचारिक क्षेत्रमा सीप विकास तथा रोजगारी कार्यक्रमअन्तर्गत तालिमको आयोजना गरिएको थियो । सरावगीले प्रशिक्षार्थीलाई अन्य युवालाई पनि उक्त सीप सिकाउन अनुरोध गरे । उनले तालिमबाट प्राप्त प्रविधिक सीपको गुणात्मक विकासले मात्र युवामा रहेको बेरोजगारीलाई न्युनीकरण गर्न सकिने धारणा व्यक्त गरे ।

सृजनशील व्यवसाय तालिम केन्द्र र एम इडिएफले सम्पन्न गरेको सिकर्मी, एसी र रेफ्रिजेटर एवम मोटरसाइकल मर्मत सम्बन्धी तालिममा सहमागी ६५ युवाहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । मगंलबार र बुधबार आयोजित प्रमाण पत्र वितरण कार्यक्रममा वीरगञ्ज उधोग वाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, चञ्चला दास, लघु विकास कोष पर्साका प्रमुख प्रेम प्रसाद, नगर प्रमुखका राजनैतिक सल्लाहकार मुकेश द्विवेदी , पत्रकार महासंघ पर्साका सचिव युवराज खडका द्विवेदी, युवा नेता पिन्टु तिवारी लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया