सिटी एक्स्प्रेसको थापाले पाए एक लाख रुपैयाँ

काठमाडौं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६–न यति न उति सिधै लखपति’ उपहार योजनाको पहिलो महिनाको विजेता घोषित भएका छन् । यस अन्तर्गत बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्दबहादुर थापा विजेता घोषित भएका छन् ।

जापानबाट पैसा पठाई पहिलो(असोज) महिनाको एक लाख रुपैयाँको मासिक लक्कीड्रमा परेर थापा विजेता भएका हुन् । विजेता थापाले एक लाख रुपैयाँको चेक प्राप्त गरेका छन् । उक्त नगद पुरस्कार कम्पनीले एक समारोह आयोजना गरी विजेता गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरेको छ ।

दुई महिना अवधिको यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ६३० जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले १० हजार रुपैयाँ जितिसकेका छन् ।

प्रतिक्रिया