मारुती सिमेन्ट सम्मानित

काठमाडौं । मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । हालै सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै सर्वोत्कृष्ट गुणस्तरको मापदण्ड पार गर्ने क्रममा एक कदम अघी बढ्दै प्रशंसित सम्मान प्रप्त गरेको हो ।

यसअघि कम्पनीले क्लिंकर ओपिसि सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागिएन.एस/आई.एस.ओ ९००१ः२०१५ रक्लिंकर– क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपिसि सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागिएन.एस÷आई.एस.ओ १४००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनीबन्न सफल भएको थियो । यी सम्मानहरु सगैं मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित बम्पनीले दावी गरेको छ ।

एक दशक अगाडि नेपाली सिमेन्ट जगतमा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादनगर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो । पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओपिसी सिमेन्ट– मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।

प्रतिक्रिया