इटालीको रबाफिलो जित

एजेन्सी, लन्डन । युरो कप छनोट प्रतियोगिताअन्तर्गत समूहचरणको अन्तिम खेलमा इटालीले अर्मेनियामाथि ९–१ को जित निकालेको छ ।
यसअघि नै युरो कपमा छनोट भइसकेको इटालीले अर्मेनियालाई हराउँदा काइरो इम्मोबाइल र निकोलो जानिओलोले २÷२ गोल गरे । इटालीको यो सबैभन्दा ठूलो अन्तरको जित मध्येको एक हो । यसअघि सन् १९४८ मा इटालीले अमेरिकालाई ९–० ले हराएको थियो । रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको इटालीले पहिलो हाफमा चार र दोस्रो हाफमा एक पेनाल्टीसहित पाँच गोल गरेको थियो ।

इम्मोबाइल र जानिओलोबाहेक इटालीका लागि निकोलो बारेल्ला, एलिसियो रोमाग्नोली, रिकार्डो ओर्सोलिनी र फेड्रिको चिसाले गोल गरेका थिए । युरो कप छनोटमा इटालीले कुनै पनि खेलमा अंक गुमाउनु परेन । उसले १० खेलबाट ३० अंक बनाउँदै समूह विजेतका रूपमा युरो कपमा स्थान बनाएको हो ।  यो समूहबाट फिनल्यान्ड उपविजेताका रूपमा छनोट भएको छ । फिनल्यानड पहिलोपटक ठूलो प्रतियोगितामा स्थान बनाउन सफल भएको हो ।

। ४ पटकको विश्व विजेता फ्रान्स सन् १९५८ पछि गत वर्ष पहिलो पटक विश्वकपको टिकट काट्न असफल भएको थियो । तर, अहिले भने इटालीले स्वभाविक लयमा फर्किएको छनक दिइरेको छ । मान्चिनीको टोलीले छनोटअन्तर्गत समूह जे मा शतप्रतिशत नतिजा निकालेको हो ।
‘छनोट चरणका १० औँ जित निकै स्मरणीय छ,’ मान्चिनीले भने, ‘यो कहिले काहीँ मात्र हुने दुर्लभ घटना हो । हामीसँग प्रतियोगिताको तयारीका लागि अझै ६ महिना बाँकी छ । टोलीमा सुधार गर्नुपर्ने केही पक्ष छन् । टोलीमा युवा खेलाडीको बाहुल्यता छ । यस्तै प्रदर्शनले आगामी दिनमा पनि निरन्तरता पाउनेमा म विश्वस्त छु ।’

खेलको आठाँै मिनेटमा इमोबाइलले इटालीको गोल खाता खोलेका थिए । त्ससको एक मिनेटपछि नै जानिलोेले इटालीको अग्रता दोब्बर पारेका थिए । २९ औँ मिनेटमा निकोला बारेल्ला र त्यसको ४ मिनेटपछि इमोबाइलले व्यत्तिगत दोस्रो गोल पूरा गर्दै पहिलो हाफमा इटालीको अग्रता ४–० मा पु¥याएका थिए ।

६४ औँ मिनेटमा जानिलोले व्यत्तिगत दोस्रो गोलका साथ इटालीको अग्रता बढाएका थिए । ७२ औँ मिनेटमा एलिसियो रोमाग्नोलीले बललाई जाली चुमाउँदै इटालीको अग्रता थप बढाएका थिए । त्यसको तीन मिनेटपछि इटालीका जर्जिनोले पेनाल्टीमा गोल गरे । ७८ औँ मिनेटमा रिकार्डो ओर्सोलनीले इटालीका लागि आठाँै गोल गरे । त्यसको एक मिनेटपछि अर्मानियाका लागि गरेको गोल सान्त्वना बन्यो । ८१ औँ मिनेटमा फेड्रिकोले गरेको गोलमा इटालीले ९–१ को सानदार जित हात पारेको हो ।

प्रतिक्रिया