२२ सय सीमास्तम्भ गायब

नेपालका सीमास्तम्भ हराउने वा ढल्ने कुरा नौलो होइन । सीमास्तम्भ गायब भएका विषय वेला वेला उठ्ने गरेको छ । तर, यो विषय उठ्ने र सेलाउने हुँदैन जाने गरेको छ । यति वेला कालापानी र लिपुलेकका कारण पुनः सीमास्तम्भका कुरा चर्चामा छ । यो विषयले दुई हजारभन्दा बढी हराएका सीमास्तम्भलाई पनि समेटेको छ ।

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार भारत र चीनसँग सिमाना जोडिएका ३५ जिल्लामा रहेका ३ हजार ७ सय भन्दा बढी सीमास्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । सशस्त्र प्रहरीको अभिलेखमा ८ हजार एक सय ८१ सीमास्तम्भ रहेको भए पनि नापी विभागले करिब ८ हजार ५ सय सीमास्तम्भ रहेको बताउँदै आएको छ ।

प्राप्त गरेको जानकारी अनुसार मर्मत गर्नुपर्ने अवस्थामा भनेर सशस्त्र प्रहरीले छुट्याएका ३ हजार ७ सय ६६ सीमा स्तम्भहरूमध्ये सैयौँ निकै नाजुक अवस्थामा रहेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा रहेका १ सय ९८ जंगे पिलरसहित कुल एक हजार ८ सय २२ वटा सीमास्तम्भ हराएका छन् । त्यसबाहेक मुख्य र सहायक गरी २ सय ५० भन्दा बढी सीमास्तम्भ नदीले बगाए

सीमा क्षेत्रका दुई हजारभन्दा बढी स्तम्भहरू बेपत्ता रहेको र दुई सयभन्दा बढी नदीले बगाएको हुनसक्ने अधिकारीहरू बताउँछन् । सीमामा खटिएका प्रहरीले संकलन गरेका विवरणका आधारमा सीमास्तम्भहरूको अवस्था अद्यावधिक गरी गृह मन्त्रालयमा जानकारी गराउने गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताएका छन् ।

सीमास्तम्भ नाजुकः सरकारले सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । दुवै छिमेकी मुलुकमा पर्ने सीमा सुरक्षाका लागि भारत र चीनको सीमावर्ती क्षेत्रका आफ्ना गण र सीमा चौकीहरूमा लगभग १९ हजार फौज परिचालित गरिएको सशस्त्र प्रहरीले जनाएको छ । तर, यति धेरै सीमास्तम्भ हराउनु भनेको सामान्य भने होइन । आजका दिनसम्म यो विषय किन ओझेलमा प¥यो ?

बिबिसीले प्राप्त गरेको जानकारी अनुसार मर्मत गर्नुपर्ने अवस्थामा भनेर सशस्त्र प्रहरीले छुट्याएका ३ हजार ७ सय ६६ सीमा स्तम्भहरूमध्ये सैयौँ निकै नाजुक अवस्थामा रहेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा रहेका १ सय ९८ जंगे पिलरसहित कुल एक हजार ८ सय २२ वटा सीमास्तम्भ हराएका छन् । त्यसबाहेक मुख्य र सहायक गरी २ सय ५० भन्दा बढी सीमास्तम्भ नदीले बगाएका कारण आफ्ना स्थानमा नरहेको अधिकारीहरूले जनाएका छन् ।

सीमास्तम्भको स्थितिः संख्याः ८ हजार एक सय ८१ । यो भारत र चीनसँगका सीमामा रहेका ३५ जिल्लामा रहेका सीमास्तम्भको संख्या हो । पछिल्लो अध्ययन अनुसार हाज ४ हजार ५ सय मात्रै सग्लो अवस्थामा सीमास्तम्भ रहेका छन् । ती मध्येमा ३ हजार ६ सय ६० मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् ।

प्रधानमन्त्री जंगबहादुर राणाको पालामा खडा गरिएकाले जंगे पिलर भनिने मुख्य स्तम्भहरू ३० जिल्लामा साढे आठ सयको संख्यामा रहेको अधिकारीहरू बताउँछन् । त्यसमध्ये सबैभन्दा धेरै झापामा ७० वटा र सबैभन्दा कम दोलखामा एउटा रहेको सशस्त्र प्रहरी बलको तथ्यांकले देखाउँछ ।

सबैभन्दा बढी जंगे पिलर मर्मत गर्नुपर्ने जिल्ला दार्चुला रहेको छ जहाँ रहेका ५७ मध्ये एउटा मुख्य स्तम्भमात्रै सग्लो अवस्थामा छ । त्यहाँ रहेका सबै सहायक पिलरहरू पनि मर्मत गर्नुपर्ने अवस्थामा रहेको प्राप्त आँकडाले देखाएको छ । त्यसबाहेक बर्दिया जिल्लामा रहेका ४२ वटा जंगे पिलरसहित कुल २ सय ४५ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता श्रेष्ठ सीमास्तम्भको ताजा अवस्थाबारे गृह मन्त्रालयलाई अद्यावधिक रूपमा जानकारी उपलब्ध गराउने गरिएको बताउँछन् । उनले भने, ‘हामीले जुन बोर्डर आउटपोस्ट भनिने बिओपीहरू खटाउँछौँ, उनीहरूको मुख्य काम नै सीमास्तम्भहरूको निगरानी गर्ने हो ।’ ‘यदि कुनै सीमास्तम्भ ढलेको छ वा भत्किएको छ वा हराएको छ भने हामी तुरुन्तै गृह मन्त्रालय र नापी विभागलाई त्यस बारेमा खबर गर्छौँ ।’ उनले थपे, ‘सीमा अतिक्रमण भएको छ भने त्यसबारे पनि जानकारी गराउने गरेका छौँ ।’

उनको भनाइका आधारमा नेपालको सीमा स्तम्भ हराएको ढलेको वा अन्य कारणले नष्ठ भएको अवस्थाका सरकारका सम्बन्धीत निकायलाइ जानकारी हुने गरेको छ । तर, पनि सीमा स्तम्भ हराउने वा नष्ठ हुँदा तुरुन्तै त्यसबारेमा ध्यान दिइएको पाइँदैन । यदि वेलैमा त्यसबारेमा चनाखो भएर पुनः निर्माण गरिएको भए देशका विभिन्न स्थानमा सीमा मिचिने र पिलर हराउन अवस्था नआउन सक्थ्यो ।

यस बारेमा नापी विभागका अधिकारीहरू भने सीमास्तम्भहरूको मर्मतलाई उच्च प्राथमिकता दिएको र समयसीमा नै तोकेर कामलाई अघि बढाइएको बताउँछन् । विभागका निर्देशक दामोदर ढकाल भन्छन्, ‘नेपाल र भारतको सीमामा अवस्थित सीमास्तम्भहरूको मर्मत र पुनर्निर्माण गर्ने काम दुवै देशले संयुक्त रूपमा गर्ने गरेका छौँ ।’ ‘सन् २०१४ देखि बोर्डर वर्किङ ग्रुप र फिल्ड सर्भे टिमजस्ता संयुक्त संयन्त्रले काम गरिरहेका छन् ।’ विभागका अनुसार सुस्ता र कालापानी बाहेकका क्षेत्रका दुवै देशले मानेका नक्साहरू छन् ।

दुवै देशले सहमति गरेका नक्साका आधारमा सबै पिलरका कोअर्डिनेटहरू छन् र त्यसका आधारमा स्थलगत रूपमा गएर स्तम्भहरू हेर्ने, मर्मत वा पुनर्निर्माण गर्ने मापदण्ड नै तोकिएको छ । उक्त संयन्त्रलाई सन् २०१९ सम्म आफ्नो काम सक्ने जिम्मेवारी दिइए पनि संयुक्त काम गर्नुपर्ने र कतिपय स्तम्भहरू जटिल भौगोलिक क्षेत्रमा बनाउनुपर्ने भएकाले समयमा काम सम्पन्न गर्न नसकिएको अधिकारीहरू बताउँछन् ।

ढकालले समयमा काम नसकिएपछि त्यसलाई सन् २०२१–२०२२ मा सम्पन्न गर्ने गरी दुवै देशको टोलीलाई निर्देशन प्राप्त भएको उल्लेख गरे । उनी भन्छन, ‘लगभग दुई हजारदेखि २१ सय स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन् । लगभग सबै सीमास्तम्भका कोअर्डिनेटहरू हामीसँग रहेकाले यदि स्तम्भहरू हराएकै रहेछन् भने पनि तलमाथि नहुने गरी ठाउँ पत्ता लगाउन सक्ने अवस्थामा छौँ ।’

तर, सीमा मामिलालाई नजिकबाट नियालिरहेका कतिपय अधिकारीहरू सीमास्तम्भ मर्मत र पुनर्निर्माणको काम धीमा गतिमा अघि बढेको बताउँछन् । मर्मतको गति बढ्दासम्म वा सक्रियता देखाउँदासम्म कति हराउने वा ढल्ने हुन भन्न समिने अवस्था छैन । (बिबिसी)

प्रतिक्रिया