चकित बनाउने ‘चेन स्मोकर’को फोक्सो

बेइजिङ । ५२ वर्षीय एक चिनियाँ बिरामीको मृत्यु भएपछि चिकित्सक नै अचम्ममा परेका छन् । मृत्युले नभई त्यसपछि उनले दान गरेको अंगको अवस्थाले चिकित्सक नै अचम्ममा परेका हुन् ।

मृत्युअघि ती बिरामीले आफ्नो फोक्सो दान गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । मृत्युपछि चिकित्सकले शल्यक्रिया गरेर अर्को व्यक्तिमा प्रत्यरोपणका लागि फोक्सो निकाल्दा चकित भएका हुन् । उक्त सुविधा दिने अस्पतालका उपाध्यक्षसमेत रहेका प्रत्यारोपण विशेषज्ञ डाक्टर चेनले शल्यक्रियाको नेतृत्व गरेका थिए । उनले भने, ‘मृत्युअघि बिरामीको सिटीस्क्यान गराइएको थिएन, उहाँको ‘ब्रैन डेड’ भएको घोषणा गरियो, लगत्तै उहाँको फोक्सो दान गरियो ।’ तर, जब फोक्सो निकालियो त्यो पूरा कालो थियो । ३० वर्षदेखि चुरोट खाँदै आएका ती बिरामीको फोक्सो कालो भएको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरलसमेत भएको छ ।

‘प्रारम्भिक अक्सिजेनेसन सूचकांक ठीकै थियो, तर हामीले दान गरिएको अंग काटेपछि प्रत्यारोपण गर्न नसक्ने महसुस ग¥यौँ’, डाक्टर चेनले थपे, ‘ हामी चिनियाँ चुरोट धेरै खान्छौँ, तर चुरोट खाने सबैको फोक्सो स्वीकार नगर्ने अव्यवहारिक हुन जान्छ, यद्यपि केही मापनका आधारहरू छन् ।’ तत्कालै मृत्यु भएको ६० वर्ष मुनिका व्यक्तिको फोक्सो सामान्य संक्रमण रहेको र एक्स रे गर्दा अपेक्षाकृत सफा देखिनेको स्वीकार गर्दै आएको डाक्टर चेनले बताए । ‘यदि माथिको मापनहरू ठीक छन् भने हामी प्रत्यरोपण गर्न तयार हुन्छौँ’, उनले भने ।

राष्ट्रिय मुटु तथा फोक्सो संस्थानका प्राध्यापक पिटर ओपनशौले बिरामीको फोक्सामा ‘पल्मोनरी इम्फाइज्मा’को संक्रमण देखियो, परिणामतः अंग सुन्निने र श्वासप्रश्वासमा समस्या देखिएको थप विस्तार गरे । लगत्तै डाक्टर चेनले सामाजिक सञ्जालमा शल्यक्रियाको भिडियो अपलोड गर्दै लेखे, ‘धुम्रपान त्यागौँ ।’ उनले लेखे, ‘थुप्रै धुम्रपान गर्ने व्यक्तिको फोक्सो यस्तो देखिएको छ, हाम्रो समूहले यस्तो फोक्सो अस्वीकार गर्ने निर्णय गरेको छ, यदि तपार्इं अत्यधिक धुम्रपान गर्नुहुन्छ भने तपार्इंको फोक्सो स्वीकारिन्न ।’ डाक्टर चेन थप लेख्छन्, ‘यी फोक्सामाथि हेरेर तपाईं अझै धुम्रपान गर्ने आँट गर्नुहुन्छ ।’

वर्ष २०१८ मा चिनियाँ रोग निवारण तथा उन्मूलन संस्थानले गरेको अध्ययनले ३५ करोड व्यक्ति धुम्रपान गर्छन् । विश्व स्वास्थ्य संगठनले वर्ष २०१८ मा गरेको अध्ययनबमोजिम नेपालमा धुम्रपानले वार्षिक २७ हजार एक ३७ व्यक्तिको मृत्यु हुँदै आएको छ । जुन कुल मृत्युको १४ दशमलव ९ प्रतिशत हो । औसतमा ३० लाख ४६ हजार नेपालीले दैनिक धुम्रपान गर्छन् । १०–१४ वर्ष उमेरका २१ हजार बालबालिका धुम्रपान गर्दै आएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया