कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौँ । कञ्चनपुरका चर्चित पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीट गराएर राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा गराउँदै आएका पक्रकार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार पक्राउ गरेको हो ।

कञ्चनपुर प्रहरी कार्यालय प्रमुख एसपी दिनेश आचार्यका अनुसार भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया