दुईमाजु मन्दिरमा व्यवसाय गर्न रोक

काठमाडौँ । दुईमाजु मन्दिर परिसरमा व्यवसाय गर्न रोक लगाइएको छ । व्यापारीहरूले मन्दिर परिसरमा व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै दिएको निवेदनमा अन्तरिम आदेश जारी गर्न काठमाडौँ जिल्ला अदालतले अस्वीकार गरेको जनाइएको छ ।

अमृता भट्टराईले गुठी संस्थानसँग काठमाडौं महानगरपालिका वडा नं २८ स्थित दुईमाजु गुठी परिसरभित्र व्यवसाय सञ्चालन गर्ने सम्झौता गरेकी थिइन् । त्यसपछि उनले १७ माघ २०७५ मा उर्मिला कडरिया र मरिण ठाकुर इन्टरनेशनलसँग सम्झौता गरी उक्त क्षेत्रमा व्यवसाय गर्न दिएकी हुन् ।

अमृता र गुठी संस्थानबीचको करार खारेज भएपछि अमृताले उर्मिला र मरिण ठाकुर कम्पनीसँग गरेको सम्झौता पनि स्वतः खारेज हुने भन्दै उनीहरूलाई त्यहाँ गरिरहेको व्यवसाय बन्द गर्न महानगरपालिकाले १५ असोजमा निर्देशन दिएको थियो।

प्रतिक्रिया