ईन्द्रावती खोलामा मजदुरको शव फेला

काभ्रे । ईन्द्रावती खोलामा एक मजदुरको शव फेला परेको छ । मंगलबार बिहान ९ बजेको समयमा जिल्लाको मण्ढननदेउपुर नगरपालिका– ६ स्थित ईन्द्रावती खोलामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ५ गंगोरटोल बस्ने सुब्बा तामाङको छोरा २८ बर्षीय लाक्पा तामाङको मृत अवस्थामा शव फेला परेको हो ।

सिन्धुपाल्चोकमा नै मध्यपहाडी लोकमार्गमा लेबर काम गर्दै आईरहेका तामाङको शव खोला किनारमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनको मृत शरिरको मेचुल्का गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया