‘उदास जवानी’ विमोचित

काठमाडौं । गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ सार्वजनिक गरिएको छ । राजधानीमा गीतकार रिजाल, साहित्यकार तुलसी दिवस, संगीतकार दीपक जंगम, गीतकार एवं चलचित्र निर्देशक यादव खरेल र संगीतकार श्रेष्ठले संयुक्तरूपमा उक्त एल्बम विमोचन गरे ।

उक्त अवसरमा एल्बममा रहेको ‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै’ गीतको भिडियोसमेत प्रदर्शन गरियो । दाङको घोराही उपमहानगरपालिका हापुर घर भएका सन्तोषको ‘उदास जवानी’ संगीतबद्ध ३२ औँ एल्बम हो ।

प्रतिक्रिया