चीनको सी जिनपिङ विचारधारा

वर्तमानमा चीनको सी जिनपिङ विचारधारात्मक समाजवादी मोडेलले विश्वमा तहल्का नै पिटेको छ । चीनको समृद्धि र विकास विश्व जगतकै लागि उदाहरणीय र चमत्कारिक विषय बनेको छ । नेपाली कम्युनिस्टहरू माझ पनि चीनको सि जिनपिङ विचार धारा लोकप्रिय बन्दै थियो त्यसमा पनि स्वयं चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले यस्मा थप चासो र चर्चाको माहोल हाम्रो देश नेपालमा छाएको छ । यस लेखमा मैले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक कार्यकर्ताको हैसियतले चीनको सि जिनपिङ विचारधाराको विषयमा नेपाली लगायत विश्वभरीका पाठकहरूलाई यथेष्ट ज्ञान दिने अभिप्राय बोकेर यो लेख तयार पार्ने जमर्काे गरेको छु ।

हालै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९आँै महाधिवेशनले आफ्नो मार्ग निर्देशक सिद्धान्तमा सि जिङपिङ विचार थप गरेको छ । आखिर के हो त ? सी जिङपिङ विचारधारा, आऔँ केही क्षण यतातिर सोचाँंै । नयाँ युगमा नयाँ समस्या समाधान गर्ने आवस्थामा हामीले प्रयोगमा ल्याउने नितीहरूबाट नयाँ विचार बन्दछ ।

सि जिनपिङ विचारधारा नयाँ युगको चिनियाँ विशेषतायुक्त विचारधारा भएको चिनियाँहरूको दाबी छ ।लामो समयको परिश्रमपछि विशेषता युक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको चिनियाँ कम्युनिस्ट पार्टीको ठहर छ । उनीहरू यसलाई देश विकाशको नयाँ ऐतिहासिक आयाम ठान्दछन् । जसमा पार्टी महासाचिव तथा राष्ट्रपति सी जिनपिङ को सबैभन्दा महत्वपूर्ण योगदान रहेको उनीहरूको ठहर छ ।

सी जिनपिङ विचारधारालाई चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनको प्रतिवेदन ले पाँच पक्षबाट व्याख्या गरेको छ ।

पहिलोः यस विचारधारालाई माक्र्सवाद, लेनिनवाद , माओत्सेतुङ विचारधारा, देङ सिया ओपिङ सिद्धान्त, तीन प्रतिनिधित्वको महत्वपूर्ण विचारधारा र विकाश सम्बन्धी वैज्ञानिक दृष्टिकोणका निरन्तरता र विकास हो ।
दोस्रोः यो विचारधारा माक्र्सवादको चिनियाँ करणको नवीनतम उपलब्धि हो ।
तेस्रोः यो विचारधारा पार्टी र जनताको व्यवहारिक प्रयोगको अनुभव एवं सामूहिक ज्ञानको फल हो ।
चौथौः यो चिनियाँ विशेषतायुक्त समाजवादी सैद्धान्तिक विचारधाराको महत्वपूर्ण अंश हो ।
पाँचौँः यो सम्पूर्ण पार्टी र चिनियाँ जनताको महान पुनर्जागरणका लागि गरिने संघर्षको कार्ययोजना हो । कार्ययोजनालाई नै हाम्रो पार्टीको इतिहासमा निर्देशक सिद्धान्त भनिन्छ ।

हामी नेपाली कम्युनिस्टहरू पनि चीनमा सी जिनपिङ विचारधाराको सफल प्रयोगले उत्साहित छौँँ र नेपालमा पनि नेपाली भूमि अनुरूपको समाजवाद लागू गर्ने प्रयत्न मा छौँँ । जसको लागि सी जिनपिङ विचारधारको विशेषताबाट हामीले ठूलो पाठ सिक्नुपर्दछ । सी जिनपिङ विचारधाराको विशेषतालाई हामीले पनि नजिक रूपमा अध्ययन गरिरहेका छौँ । नेपाली छापाहरू पनि सी जिनपिङ विचारधाराको विशेषताले भरिन थालेको छ 

चिनियाँ कम्युनिस्ट पार्टीले यसैको आधारमा सी जिनपिङ विचारधारालाई २१आँै शताब्दीको माक्र्सवादको चिनियाँ भूमिमा प्रयोग ठानेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले सी जिनपिङ विचार धारात्म्क समाजवादको पाँच पक्षमा जोड दिएको छ । (क) समाजवादी बजार अर्थतन्त्र (ख) समाजवादी प्रजातान्त्रिक राजनीतिक व्यवस्था (ग) समाजवादी विकशित संस्कृति (घ) समाजवादी समान्जस्य पूर्ण समाज र (ङ) समाजवादी पर्यावरणीय सभ्यताको निर्माण ।

चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ महाधिवेशनको सबैभन्दा ठूलो उपलब्धि पार्टीको झण्डामा सी जिनपिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा लेखिनु र त्यसलाई लामो अवधिका लागि पार्टीले अवलम्बन गर्ने निर्देशक विचारधाराको रूपमा स्थापित गर्नु हो । यसरी पार्टीको निर्देशक विचारधारामा फेरी एकपटक परिवर्तन ल्याइएको छ ।

हामी नेपाली कम्युनिस्टहरू पनि चीनमा सी जिनपिङ विचारधाराको सफल प्रयोगले उत्साहित छौँ र नेपालमा पनि नेपाली भूमि अनुरूपको समाजवाद लागू गर्ने प्रयत्न मा छौँ । जसको लागि सी जिनपिङ विचारधारको विशेषताबाट हामीले ठूलो पाठ सिक्नुपर्दछ । सी जिनपिङ विचारधाराको विशेषतालाई हामीले पनि नजिक रूपमा अध्ययन गरिरहेका छौँ । नेपाली छापाहरू पनि सी जिनपिङ विचारधाराको विशेषताले भरिन थालेको छ ।

मैले पनि कतिपय सी जिनपिङ विचारधाराको विशेषता नागरिक खबर मा प्रकाशित रामद्धिप आचार्यज्यूको आलेखबाट सापटी लिएको छु । अन्तमा, नेपाली कम्युनिस्टको नजरमा चीनको सि जिनपिङ विचारधारा प्रेरणाको स्रोत हो र यस विचारधाराले विश्व कम्युनिस्ट आन्दोलन, चिनियाँ कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि महत्वपूर्ण कोसेढ्ुगा बन्न सफल हुनेछ भनेर म विश्वस्त छु ।

प्रतिक्रिया