कर्नाटकाको विजयी सुरुआत

एजेन्सी, कर्नाटका । नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोली कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा विजयी सुरुआत गरेको छ । आबु धाबीमा शनिबार राति भएको पहिलो खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई १९ रनले हरायो । शेख जायद स्टेडियममा कर्नाटकाले दिएको एक सय ११ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको बुल्स १० ओभरमा आठ विकेटको क्षतिमा ९१ रनमा समेटिएको थियो । बुल्सका लागि एन्जेलो म्याथ्युले सर्वाधिक ३१ रन बनाए । कप्तान इयान मोर्गनले २१ रन बनाए । बुल्सलाई सस्तैमा समेट्न नाथन रिमिङटनले तीन विकेट लिए । पाट ब्राउन र अहमेद राजाले दुई दुई विकेट लिए । नेपालका सन्दीपले दुई ओभर बलिङ गर्दै एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा पाँच विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो । कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाए । सफिक उल्लाहले ३४ र जोनसन चाल्र्सले १३ रन बनाए । बुल्सका रवि रामपालले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया