‘सिन्दूर’ को अर्थ खोज्दै मिलन

काठमाडौं । गायिका मिलन नेवारको आवाज रहेको ‘सिन्दूर’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्चारकर्मी मधु शाहीको शब्द एवं ज्योति प्रकाशको संगीत रहेको छ । गायिका मिलनको आवाजसँगै भिडियोमा अभिनयसमेत रहेको छ । भिडियोलाई सांगीतिक ब्यान्डसहित प्रस्तुत गरिएको छ ।

हाइलाइट्स नेपालको युट्युबमार्फत सार्वजनिक गरिएको भिडियोमा गायिकासहित वाद्यवादन समूहको प्रस्तुति निकै आकर्षक रहेको छ । लाइभ ब्यान्डसहितको थिएटर भिडियो निर्माण गर्नेक्रम निकै कम भइरहेका बेला चित्रकलासँगै जोडेर भिडियोको निर्माण गरिएको संगीतकार ज्योति प्रकाशले बताए ।

भिडियोमा वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तानलाई फिचर्ड गरिएको छ । रेकर्डिङमा ज–जसले वाद्यवादनको जिम्मेवारी सम्हालेका थिए भिडियोमा पनि उनीहरूकै प्रस्तुतिलाई समेटिएको संगीतकार ज्योति प्रकाशले जानकारी दिए । भिडियोको छायांकन नवीनबाबु गुरुङ तथा सम्पादन विकास धमलाले गरेका छन् । त्यस्तै, गीतको भिडियो निर्देशन सञ्चारकर्मी तथा गीतकार सुमन पण्डितले गरेका छन् ।

प्रतिक्रिया