विमल घर्तीमगरसहित चार खेलाडी राष्ट्रिय फुटबल टिमबाट बर्खास्त

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फाले) शुक्रबार राति ठमेलको एक डिस्कोमा भेटिएपछि राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर विमल घर्तीमगर, अञ्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाईलाई राष्ट्रिय फुटबल टिमबाट बर्खास्त गरेको छ ।

उनीहरु कुवेतसँग मंसिर ३ गते भुटानमा हुने खेल खेल्न नपाउने भएका छन् ।नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि चार खेलाडीहरुलाई एन्फाले कारवाही गरेको हो ।

प्रतिक्रिया